back
CTIZAN AD

कविता : शरीरको गुनासो

वि.सं.२०८२ कात्तिक २९ शनिवार

885 

shares

कल्पना अधिकारी, काठमाडौँ

यो ज्यानले भन्छ भयो नलेख् भो।
नानथरीका सपना नदेख् भो।
म दुख्छु चारैतिर हेर् न फर्की।
मदेखि धेरै अब भो नझर्की ।१।

उठ्छेस् बिहानै अनि चल्न थाल्छेस्।
आशा हजारौं मनभित्र पाल्छेस्।
त्यो गर्छु यो गर्छु भनी चलाई।
बिहाल पार्ने किन हो मलाई? ।२।

यो हातले दिन्न भनेर साथ।
समाति झन् नित्य अचेल माथ।
यो ढाडले दिन्न बसेर उठ्न।
सकिन्न सारै निहुरेर चुठ्न ।३।

घुँडा दुखे हिँड्न सकिन्न टाढा।
यो कालमा जीवन हुन्छ काँडा।
देखिन्न आँखा पनि दूरसम्म।
कराउँछन् कान घनन्न घन्न।४।

हुन्नन् कुनै अङ्ग दुरुस्त चुस्त ।
शनैःशनैः हुन्छ दिमाग सुस्त ।
गोडा यसै कट्कट खान्छ भित्र।
करङ्, नसा दुख्छ बडो विचित्र।५।

गरूँ कसो क्यै उपचार छैन।
बेचैन बन्ने नलिएर चैन।
आराम गर्ने पल राति हुन्छ।
पढ्ने र लेख्ने क्रम फेरि चल्छ।६।

निद्रा यसै खल्बल हुन्छ मेरो ।
यस्तै छ पारा दिनरात तेरो।
शरीरको गर् अब हेरचाह।
पराइ छन् स्वस्थ म गर्छु डाह।७।

घोडा बनी इन्द्रिय कुद्न खोज्छन्।
राम्रो र मीठो चिज मात्र रोज्छन्।
बुढी भइस् छैन तँभित्र शक्ति।
व्रतालु भै गर् हरिकृष्ण भक्ति।८।

शरीर हो माध्यम धर्म गर्न।
व्यथा बढे पर्दछ शीघ्र मर्न।
ध्यानी बने लाग्छ खुसी मलाई।
सजाय दिन्छेस् किन देहलाई।९।

छन्द : उपजाति

 

वि.सं.२०८२ कात्तिक २९ शनिवार ०६:०० मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...