back
CTIZAN AD

पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच

वि.सं.२०८२ मंसिर ४ बिहीवार

387 

shares

काभ्रेपलाञ्चोक ।  यहाँको दुई वडामा खानेपानी आयोजना सम्पन्न भएका छन् । पनौती नगरपालिका–२ कुशादेवी स्थित बोलखे गाउँको ६० परिवार र रोशी गाउँपालिका–११ भिमखोरीको ६३ परिवारमा प्रदेश सरकार तथा विभिन्न संस्थाको सहयोगमा खानेपानी व्यवस्थापन गरिएको हो ।
बोलखे गाउँमा खानेपानी व्यवस्थापनपछि सुरक्षित खानेपानीयुक्त समुदायसमेत घोषणा गरिएको छ ।

स्वीस सरकार र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दिगो विकासका लागि नागरिक मञ्च (सिविक) फोरमको सहजीकरणमा ६० घरधुरीमा खानेपानी पु¥याइएको हो । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागद्धारा गत साउन १५ गते जारी ‘सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२’ अनुसूची–३ मा उल्लेखित न्यूनतम सूचक पुरा भएपछि ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको हो ।

रु ४० हजार श्रमदानसहित रु ३ लाख ४२ हजारको लागतमा निर्माण सम्पन्न उक्त खोनेपानी योजनाअन्तर्गत एक इन्टेक निर्माण गरी संरचनाको सुरक्षार्थ काँडेतारबार लगाईएको छ भने ४ सय मिटर पाइप, ‘एन्फो’ पानी परीक्षण किट खानेपानी सरसफाई तथा उपभोक्ता समितिलाई उपलब्ध गराइएको छ । प्रत्येक घरधुरीका सदस्यलाई सरसफाई प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत गरिएको फोरमका कार्यकारी अधिकृत बसन्त कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार यस योजनामा पानी शुद्धिकरणका लागि स्वचालित ‘क्लोरिनेशन’ प्रणाली जडान गरिएको छ ।

यसैगरी बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको आर्थिक सहयोगमा भिमखोरी खानेपानी तथा सरसफाई आयोजना मार्फत् ६३ परिवारका ३ सय ७२ लाभान्वित भएका छन् । रु ८४ लाख ६१ हजार २ सय ५९ र जनश्रमदान बापत रु ५ लाख ६२ हजार ६ सय ६२ गरी रु ९० लाख २३ हजार ९ सय २१ लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सिन्धुपाल्चोकका डिभिजन प्रमुख सृष्टि ख्वालपालले जानकारी दिईन् । उक्त आयोजनामार्फत ५ हजार ६ सय ५० मिटर टाढा रहेको मुहानबाट पानी ल्याएर प्रत्येक घरमा वितरण गरिएको हो ।

वि.सं.२०८२ मंसिर ४ बिहीवार १४:२७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...