back
CTIZAN AD

ट्राफिक प्रहरीद्वारा फेला परेका सवारीसाधान हस्तान्तरण

वि.सं.२०८२ मंसिर ४ बिहीवार

393 

shares

काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फेला पारेरसम्बन्धीत धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका ३३ मोटरसाइकल र १८ स्कुटर गरी ५१ दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर आज सम्बन्धीत धनीलाई बुझाएका हुन् ।

ट्राफिक कार्यालयमा आज आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारी र ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)नवराज अधिकारीले संयुक्त रूपमा धनीलाई हस्तान्तरण गरे ।

ट्राफिक कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजेरसम्बन्धीत धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेको थियो ।

ट्राफिक प्रहरीले उपत्यकाको गोङ्गबु, नयाँबसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभुलगायतका क्षेत्रबाट उक्त सवारीसाधन फेला पारेको थियो ।

ट्राफिक प्रहरीले चालू आवमा उपत्यकाका विभिन्न स्थानबाट हराएका ९१ दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धीत धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न १९ जनालाई पक्राउ गरेको छ ।

ट्राफिक कार्यालयले आव २०८०÷०८१ मा ४१७ र ०८१÷०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारीसाधन खोजेरसम्बन्धीत धनीलाई जिम्मा लगाइसकेको छ ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न साथै मानिसको आवत–जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न ट्राफिकले सबैलाई अनुरोध गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नं १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

वि.सं.२०८२ मंसिर ४ बिहीवार १६:०७ मा प्रकाशित

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...