back
CTIZAN AD

निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य

वि.सं.२०८२ मंसिर ११ बिहीवार

390 

shares

म्याग्दी । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीले निवेदन लेखाउन पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य गरेको छ ।

कार्यालयमा प्रशासनकै कर्मचारीले निवेदन तयार पार्ने व्यवस्था मिलाउँदै सो समस्याको अन्त्य गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले आफँै निवेदन लेख्न नसक्ने सेवाग्राहीको सहजताका लागि निवेदनको नमूना तयार पारेर कर्मचारीले भरिदिने ब्यवस्था मिलाइएको जानकारी दिए ।

“निवेदन लेख्न सेवाग्राहीले समय र पैसा खर्चनु नपरोस भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाएका हाँै,” उनले भने, “नागरिकता, प्रमाणित, पेन्सनसम्बन्धी सेवाका लागि आवश्यक पर्ने विभिन्न निवेदनको व्यहोरा उल्लेख गरेर निवेदनको नमूना तयार पारेका छौँ ।”

त्यसैगरी म्याग्दी प्रशासनले युवा पुस्ताका सेवाग्राहीलाई लक्षित गरेर ‘जेनजी सुझाव पेटिका’ राखेको छ । प्रशासन र अन्य कार्यालयको सेवाप्रवाहको विषयमा गुनासो सङ्कलन तथा युवा पुस्ताबाट रचनात्मक र सिर्जनशिल सुझावको अपेक्षासहित जेनजी सुझाव पेटिका राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए ।

वि.सं.२०८२ मंसिर ११ बिहीवार १३:४३ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...