back
CTIZAN AD

लघुकथाः च्यातिएको चङ्गा

वि.सं.२०८२ मंसिर १३ शनिवार

2.3K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

ऊ चियाको कपबाट उठिरहेको बाक्लो बाफलाई दृष्टि गाडेर बसिरहेको थियो। मुहारमा नैराश्यता, आँखामा सन्नाटा—मानौँ समय आफैँ आएर उसको छेउमा थकित भएर बसेको हो।

बजारको भीडभाडबाट अलि टाढा, पुरानो चिया पसल । पसलको भित्तामा झुण्डिएको रेडियो अचानक चर्र चर्र गर्दै बन्द भयो। पसले दाइले रेडियोमा हल्का धापमार्दै भने–

“पुरानो भयो सर, कहिले बोल्छ, कहिले चुप लाग्छ।”

ऊ हल्का मुस्कुरायो र सोच्न थाल्यो –

‘जीवन पनि त्यस्तै हो त ? कहिले अर्थपूर्ण आवाज, कहिले अनायासका मौनता।’

चिया पिउँदै उसले बाहिर सडकमा हिँडिरहेका मानिसहरूलाई हेर्यो ।

हरेकको हतार, हरेकको गन्तव्य । धेरैको आँखामा गन्तव्यभन्दा पनि थकान ज्यादा । फेरि सोच्यो–

’मानिसहरू कसरी यति धेरै कुरा बोकेर हिड्छन्? थकान, आशा, चिन्ता, सपना… सबै एउटै छातीमा।’

अचानक एउटा सानो केटा पसलमा छिर्यो । उसका हातमा च्यातिएको चङ्गा थियो।

“दाइ, यसलाई उडाउन मिल्छ?” उसले पसले दाइसँग सोध्यो ।

पसलका दाइ हाँसे र जवाफ दिए– “च्यातिए पनि उड्छ, तर जबरजस्ती हैन, मनले उडाउन खोज्यौ भने।”

सानो केटा दङ्ग हुँदै चङ्गा च्यापेर बाहिर दौडी हाल्यो । त्यो दृश्य उसको मनमा अनौठो गरी कैद भयो–

’केहीका पखेटा भाचिन्छ, र पनि उड्छन् ।’

चिया सकियो । रेडियो अझै चुप थियो तर उसको अन्तर्मनले फलाकिरह्यो –

‘उड्न नचाहने त चङ्गा हैन, तिमी स्वयम् हौ ।’

वि.सं.२०८२ मंसिर १३ शनिवार ०८:०१ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...