back
CTIZAN AD

कविता : आत्मगौरव

वि.सं.२०८२ मंसिर १३ शनिवार

1.8K 

shares

सुशील रिजाल
कीर्तिपुर, काठमाडौँ

नसोध जिन्दगी तिमी कहाँ छ खासमा खुसी
कतै छ निम्सरो लुसी कतै छ रासमा झुसी।
रमाउने विचार जो दगुर्छ मार्छ बुर्कसी
इनाम नाम दामको छ नित्य दौडमा कुदी ।१।

गजक्क पर्छ दामले म मात्र ठान्छ अब्बल
इलाज छैन लाजको रजाइँ गर्छ दुर्बल
सदैव आस गाँसको सुदूर दूरमा सुन
लडाउँदै छ जिन्दगी भजाउँदै निवेदन ।२।

कि बैँसमा खुसी थियो प्रिया थिइन् समीपक
बिछोडको वियोगमा सताउँछिन् अझै तक
उदास दासको कथा सुनाउँछन् सबै यहाँ
नसोध है कठै तिमी मनाउने खुसी कहाँ ।३।

चिलाउने कन्याउने उमङ्ग भर्छ आसमा
बबाल ठान्छ जिन्दगी सडाउँदै हतासमा ।
समस्त मस्त छन् कहाँ छ यक्ष प्रश्न चिन्तन
उचाइमा चढाउँदै थचार्छ भाग्यले किन ?४।

उदाउँदो प्रभातझैँ मुसुक्क हाँस्दछौ तिमी
सुरम्य रम्य साँ!झमा प्रहार गर्छ बैगुनी ।
विभेद गर्छ भाग्यले सजाय दिन्छ पौरख
न मेट्छ प्यास दौडमा न भेट्छ आत्म गौरव ।५।

छन्द : पञ्चचामर
गण : ज – र – ज – र – ज – गु
सङ्केत :ISI – SIS – ISI – SIS -ISI -S

वि.सं.२०८२ मंसिर १३ शनिवार ०८:०७ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...