back
CTIZAN AD

कविता : म आगो अब ओकल्छु

वि.सं.२०८२ मंसिर १३ शनिवार

666 

shares

रामशरण न्यौपाने, भक्तपुर

वीरताको कथा लेख्ने, छैन यौटा महारथी
स्वर्थको राग ढालेर, देश हुन्छ दिगो कति ?।
नहाँस अब ठट्टामा, देखाएर तिमी गिजा
म आगो अब ओकल्छु, छेउलाग झिँजामिजा ।।१

हल्लाले देश चल्दैन, भोकाको भिडमा बसी
मितेरी स्यालको गर्दा, जोगिन्न खोरको खसी ।
दिदीको खत माफीमा फुर्किदैछन् उता जिजा
म आगो अब ओकल्छु, छेउलाग झिँजामिजा ।।२

नपाई श्रमको मूल्य, योग्यताको समर्थन
साहुको ऋण बोकेर, दाउ राखेर जीवन ।
युवा विदेशमा लागे, देशमा छन् बुढा मिजा
म आगो अब ओकल्छु, छेउलाग झिँजामिजा ।।३

चोरलाई छ चौतारो, सोझालाई छ शूल नै
हत्यारा र बलात्कारी पुजिन्छन् फूल तुलमै।
जाल काट्छन् ठुला माछा,पर्छन् गङ्गुलमा खिजा
म आगो अब ओकल्छु, छेउलाग झिँजामिजा ।।४

राष्ट्रको धन धेरैले, पार्नथाले यहाँ निजी
जनता देशका धेरै, मर्दैछन् आँसुमा भिजी।
कसैलाई ढिँडो छैन, कसैलाई सधैँ पिजा
म आगो अब ओकल्छु, छेउलाग झिँजामिजा।।५

छन्द : अनुष्टुप्
a

वि.सं.२०८२ मंसिर १३ शनिवार ०८:११ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...