back
CTIZAN AD

कविता : म आगो अब ओकल्छु

वि.सं.२०८२ मंसिर १३ शनिवार

645 

shares

रामशरण न्यौपाने, भक्तपुर

वीरताको कथा लेख्ने, छैन यौटा महारथी
स्वर्थको राग ढालेर, देश हुन्छ दिगो कति ?।
नहाँस अब ठट्टामा, देखाएर तिमी गिजा
म आगो अब ओकल्छु, छेउलाग झिँजामिजा ।।१

हल्लाले देश चल्दैन, भोकाको भिडमा बसी
मितेरी स्यालको गर्दा, जोगिन्न खोरको खसी ।
दिदीको खत माफीमा फुर्किदैछन् उता जिजा
म आगो अब ओकल्छु, छेउलाग झिँजामिजा ।।२

नपाई श्रमको मूल्य, योग्यताको समर्थन
साहुको ऋण बोकेर, दाउ राखेर जीवन ।
युवा विदेशमा लागे, देशमा छन् बुढा मिजा
म आगो अब ओकल्छु, छेउलाग झिँजामिजा ।।३

चोरलाई छ चौतारो, सोझालाई छ शूल नै
हत्यारा र बलात्कारी पुजिन्छन् फूल तुलमै।
जाल काट्छन् ठुला माछा,पर्छन् गङ्गुलमा खिजा
म आगो अब ओकल्छु, छेउलाग झिँजामिजा ।।४

राष्ट्रको धन धेरैले, पार्नथाले यहाँ निजी
जनता देशका धेरै, मर्दैछन् आँसुमा भिजी।
कसैलाई ढिँडो छैन, कसैलाई सधैँ पिजा
म आगो अब ओकल्छु, छेउलाग झिँजामिजा।।५

छन्द : अनुष्टुप्
a

वि.सं.२०८२ मंसिर १३ शनिवार ०८:११ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...