back
CTIZAN AD

कविता : पराई भयो जो

वि.सं.२०८२ मंसिर १३ शनिवार

1.1K 

shares

उत्तमकुमार पोखरेल
सूर्यविनायक–३ , भक्तपुर

प्रयोगी सबैको रतन्धो छ आँखा
कतै शेष छैन उजाडेर पाखा ।
सबै आँत खाई मिले आज भाइ
भनौँ के म भेडा बसे खान लाई ।१।

सधैँ सेज मेरो बढेको छ भन्दै
भने मुस्कुराई सधैँ मान भन्दै ।
भए दास जस्तै झुकी पाउ सामु
लगाएर रेती लिएको छ रामु ।२।

सधैँ गान तिम्रै गरेँ मान तिम्रै
बुझे आज आई हरे मान हाम्रै ।
कठै ! मान तिम्रा गए आज उड्दै
न फर्किन्छ आफै गयो सान डढ्दै ।३।

भनेका सबैले भए आज भेडा
थिए साथ बस्ने भए आज टेढा ।
लुटे भेष हाम्रो भएँ आज नाङ्गै
खुली वस्त्र सारा भएझैँ उदाङ्गै ।४।

बसे साथ मेरो सबै बात मान्नु
छ यो दुष्ट घाती शिकारी हुँ जान्नु ।
गरे बात यस्तै सुने जो सबै यो
भुलेँ आज नाता पराई भयो जो ।५।

छन्द : भुजङ्गप्रयात
गण : य – य – य – य
सङ्केत : : ISS – ISS – ISS – ISS

वि.सं.२०८२ मंसिर १३ शनिवार ०८:१७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...