back
CTIZAN AD

लघुकथाः अविश्वास

वि.सं.२०८२ मंसिर १३ शनिवार

1K 

shares

मुरारीराज मिश्र
कुमारीगाल, काठमाडौँ

‘ल ! रोवर्ट सरको खुट्टा नराम्ररी भाँचिएजस्तो छ ।’ पथप्रदर्शक दिनेशले कराएर भने ।

एक्कासी यस्तो कुरा सुनेर, पहाडी क्षेत्रको पदयात्रामा जान बस चढेका टोलीका सबै सदस्य ओर्लिए । बस चढ्ने क्रममा चिप्लिएर लडेको रहेछ रोवर्ट । दिनेशले तुरुन्तै आफ्नो ट्रेकिङ कम्पनीलाई खबर गरे । उसलाई तत्कालै नाम चलेको अस्पताल पु¥याइयो ।

जचाँउदा, स्टिल हालेर छिटै शल्यक्रिया गर्नुपर्ने अन्यथा इन्फेक्सनको संभावना छ भनेर त्यहाँका डाक्टरले सल्लाह दिए । तर, नेपालमा राम्रो उपचार नहुने ठानेर रोवर्टले शल्यक्रिया गर्न मानेन । सबैले सम्झाउँदा पनि केही नलागेपछि उसलाई उसकै देश फर्काउन भोलिपल्टको प्लेनको टिकट काटियो ।

होटेलमा फर्केपछि रोवर्टले आफ्नो देशको आफू जचाउन जाने अस्पतालको विशेषज्ञ डाक्टरलाई फोन गर्यो। सबै घटनाको बेलिबिस्तार सुनायो ।

रोवर्टबाट नेपालको अस्पताल र डाक्टरको नाम सुनेपछि उताका डाक्टरले भने ‘उहाँको कुरा नमानेर तिमीले ठूलै गल्ती गर्दैछौ, मलाई हड्डी रोग विशेषज्ञ बनाउने गुरु उहाँ नै हो ।’

वि.सं.२०८२ मंसिर १३ शनिवार ०८:२१ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...