back
CTIZAN AD

धान उत्पादनमा वृद्धि

वि.सं.२०८२ मंसिर १६ मंगलवार

552 

shares

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ ।

कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ सञ्जय ढकालकाअनुसार यस वर्ष जिल्लामा ७८ हजार ५०६ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा नवलपुरमा ७१ हजार १२१ मेट्रिकटन धान उत्पादन भएको थियो ।

यस वर्ष सात हजार ३८५ मेट्रिकटन धान उत्पादन वृद्धि भएको कृषि अर्थ विज्ञ ढकालले बताए । नवलपुरमा यस वर्ष १८ हजार ६९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । गत आर्थिक वर्ष २०८१÷८२ मा १८ हजार ७१६ हेक्टर क्षेत्रफलमा धान खेती भएको भए पनि असोजको बाढीका कारण डुबान, प्रतिकुल मौसमका कारण सावा मन्सुली धानमा बाला नलाग्ने समस्या देखिँदा उत्पादन कम भएको थियो ।

यसवर्ष आकाशे पानीको भरमा सिँचाइ गरिने ठाउँमा रोपाइँको क्षेत्रफल घटेको भए पनि उत्पादकत्व बढी भएकाले उत्पादन ढकालको भनाइ छ ।

गत वर्ष धानको उत्पादकत्व ३ दशमलब ८ मेट्रिक टन प्रति हेक्टर भएकोमा यसवर्ष उत्पादकत्व बढेर ४ दशमलब २ मेट्रिक टन प्रति हेक्टर पुगेको छ ।

नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ । जिल्लामा बर्खे धानसँगै करिब एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको छ ।

वि.सं.२०८२ मंसिर १६ मंगलवार १४:४८ मा प्रकाशित

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...