काठमाडौं । घर निर्माण फाउण्डेसनले घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करण गर्ने भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गरेर फाउण्डेसनले घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करण गर्ने औपचारीक घोषणा गरेको हाे ।
नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाईमा पुर्याउने उद्देश्यसहित फेस्ट आयोजना गर्न लागिएको फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अनुसार घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करण आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौकाे भुकुटीमण्डपमा आयोजना हुनेछ ।
नेपालमा निर्माण क्षेत्रकाे व्यवसायीक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरुले अझै पनि समान रुपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्वन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रुपमा प्रदर्शन गर्न विभिन्न चुनौती फैलिरहेको अवस्थामा यिनै कमीकमजोरीलाई सम्बोधन गर्न घर निर्माण फेस्ट २०८२ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
दोस्रो संस्करणाकाे घर निमर्माण फेस्ट साधारण मेला मात्र नभई व्यवसायमुखी, अवलोकन केन्द्रित र परिणाममुखी बनाउने तयारी गरिएको छ । चार दिनसम्म चल्ने प्रदर्शनीमा दुई अर्ब बढीकाे आर्थिक कारोबार हुने अपेक्षा राखिएको आयाेजकले जनाएकाे छ ।

घर निर्माण सम्बन्धी यो पटकको प्रदर्शनीमा ४० हजार भन्दाबढी दर्शकले निर्माण सम्वन्धी प्रत्यक्ष रुपमा अवलाेकन गर्ने तथा जानकारी लिने बताइएको छ । यो एक प्रदर्शनी मात्र नभइ कुनैपनि निर्माणजन्य सामग्रीको ब्रान्डिङ, नवप्रवर्तन, गुणस्तरीय निर्माण र व्यवसायिक वृद्धिको साझा मञ्च पनि भएको आयोजकको भनाई छ ।
प्रदर्शनीको क्रममा अबलोकनकर्ताहरुले प्रत्यक्ष रुपमा निःशुल्क इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगका अनुभवी व्यक्तिहरुसंग अन्तक्रिया गर्न पाउनेछन् ।
वि.सं.२०८२ मंसिर २३ मंगलवार १४:०६ मा प्रकाशित




























