back

झिल्का कविता

वि.सं.२०८२ मंसिर २७ शनिवार

252 

shares

वेदु न्यौपाने,काठमाडौँ

१.
कायम होस् अमनचयन
सम्पूर्ण देशभर कतै
सरकारले नगरोस् दमन ।

२.
जनतालाई हराउँदै जाने
गर्ने आफैँमात्र कारोबार
कसैलाई नदिई खाने ।

३.
सरकार सोँचेर गर
गरिब र दुःखीहरूलाई
रासन, पानी भर ।

४.
कलिला ज्ञानका दाजुभाई
तिमीहरू साहसी बन
अघि सर बोल्नलाई ।

५.
कर्मैले गरायो खेल
दाजुभाइ दिदीबहिनी एकाअर्कामा
गरौँ सबैले मेल ।

६.
चुक्यो कुराको खेल
भित्रभित्रै सङ्गठन बलियो
गराए राजनीतिमा मेल ।

७.
दिनभर सहर डुले
झिल्कामा आउन भ्याएनन्
सबै साथीभाइ भुले ।

८.
कसरी जान्ने कुरा
मन भरियो भनेर
भित्रभित्रै चलायो छुरा ।

९.
माहोल भयो गुलियो
हेर्दाहेर्दै मन्दिरमा मेला
दिनभर उतैतिर भुलियो ।

१०.
कौतुहल कसरी जानौँ
सबको राय एउटै
हुन्छ भनेर मानौँ ।

 

वि.सं.२०८२ मंसिर २७ शनिवार ०८:१५ मा प्रकाशित

Himalayan Life AD
सिद्धान्तमा आधारित रहेर लेख्न सकिएन भन्दैमा प्रतिभा दबाउनु आवश्यक छैन: खरेल

सिद्धान्तमा आधारित रहेर लेख्न सकिएन भन्दैमा प्रतिभा दबाउनु आवश्यक छैन: खरेल

नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै र वाचन गर्दै आएकी...

मुक्तकको यात्रामा मेरा पाईला रोकिन्न, कलमकै माध्यामबाट परिर्वतन खोज्छुः भित्रकोटी

मुक्तकको यात्रामा मेरा पाईला रोकिन्न, कलमकै माध्यामबाट परिर्वतन खोज्छुः भित्रकोटी

संसार न्यूज डटकमकाे लागि मुक्तककार सरस्वती भित्रकोटीसँग नारायण बिश्वकर्माले लिनु...

सुसेलीहरू

सुसेलीहरू

केसर बोहरा 'सङ्घर्ष' सुदूरपश्चिम अछाम, हाल -भारत बाजा बजाऊ त्यो...

लघुकथा : किनबेच

लघुकथा : किनबेच

इन्दिरा चापागाईं,सूर्यविनायक, भक्तपुर सांसद मुसुमुसु हाँस्दै घरभित्र पस्यो । सुटकेस...

चारू

चारू

मिरा ज्ञवाली (आस्था) कीर्तिपुर, काठमाडौँ समयको मागसँगै चल्न सिक्नुपर्छ ।...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर, काठमाडौं उनी वचनले मन दुखाउँदै थिए चुसेर...