back

कविता : केही हुन्न असम्भव

वि.सं.२०८२ पुस ५ शनिवार

216 

shares

रामचन्द्र शर्मा,बागलुङ

शिरमा देश आत्मामा भाषा साहित्य बस्तछ ।
सभ्यता रीति संस्कार रक्त सञ्चार गर्दछ ।।

मान्छे स्वार्थी बने चाँडो हट्छ मानवता सदा ।
स्वार्थ त्याग गरेमात्र सत्य भेटिन्छ सर्वदा ।।

झुक्नुमा नम्रता हुन्छ गर्दा कर्तव्य पालना ।
शिर उच्च सदा हुन्छ राष्ट्रभक्ति सवालमा ।।

विद्या हो भित्रको आँखा कर्म बाहिरी लोचन ।
तपस्या मनको शान्ति सेवा मानवको धन ।।।

मातृभूमि बसी सेवा गर्ने बन्दछ सेवक ।
बिना सर्त गरे सेवा मात्रै बन्दछ साधक ।।

मूल स्वच्छ भएमात्र पानी पाइन्छ कञ्चन ।
प्राण भन्दा ठुलो हुन्छ आस्था ज्ञान र दर्शन ।।

धर्म संस्कार छाडेमा बढ्छ विद्वेषको पन ।
प्रतिज्ञा सत्यको गर्दा नासिदैन सुधोपन ।।

कर्म भन्दा ठुलो छैन जिन्दगीको कुनै पथ ।
आफ्नो कर्तव्य सम्झेमा चल्छ जीवनको रथ ।।

हिलामा फूल फक्रिन्छन् हिलै बन्छ सुगन्धित ।
हेर्ने दृष्टि भए स्वच्छ चाँडो हुन्छ प्रभावित ।।

अत्याचार गरे टुट्छ दृढ विश्वासको मन।
कर्मनिष्ठ बनेदेखि बाधाको टुट्छ बन्धन।।

ज्ञान विज्ञान मर्दैन ज्ञाता स्रष्टा मरे पनि।
नगरेमा भलो काम व्यर्थ बित्नेछ जीवनी।।

ब्रह्माको सृष्टिमा उच्च कोटिमा पर्छ मानव ।
दृढ निश्चयले गर्दा केही हुन्न असम्भव ।।

छन्द : अनुष्टुप्

वि.सं.२०८२ पुस ५ शनिवार ०७:२८ मा प्रकाशित

Himalayan Life AD
गजल

गजल

बीके मुखिया वाङदे दार्जिलिङ भारत स्वदेशमै म मेरो पसिना बगाउँदै...

सुसेली : हाम्रो अभाग

सुसेली : हाम्रो अभाग

रामशरण न्यौपाने, भक्तपुर हाम्रो अभाग सूर्य आगो ओकल्छ चन्द्रमा दाग...

मुक्तक

मुक्तक

भूपाल अधिकारी, विराटनगर १. लगाएर सधैँ फुइँ कहाँसम्म पुग्छौ छोडी...

लघुकथा : व्यापार

लघुकथा : व्यापार

मुरारीराज मिश्र उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं –७ 'अहिले काँक्रा कति...

झिल्का कविता

झिल्का कविता

प्रमोद नेपाल वीरगञ्ज हाल- काठमाडौँ १. गरौँ श्रीकृष्णको जय पालनहार...

कविता : पुरानो कथा

कविता : पुरानो कथा

भुवन शिवाकोटी चौघरे,काठमाडौँ तिमीले छोडेको लगन गाँठोमा खुसी खुसी अरुले...