back

राष्ट्रपति, प्रधानमन्त्री र तीन शीर्ष नेताबिचको बैठक सुरु

वि.सं.२०८२ पुस ८ मंगलवार

327 

shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा विघटित प्रतिनिधिसभाका तीन ठूला दलका नेतृत्व र प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठक सुरु भएको छ ।

राष्ट्रपतिको सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री कार्कीसँग राष्ट्रपति पौडेलले छलफल सुरु भएको जनाएको छ ।

दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवास बोलाइएको छलफल केही बेर ढिला गरी सुरु भएको हो ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा छलफल गर्न मुख्य दलका प्रमुख र प्रधानमन्त्रीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागेको जनाइएको छ ।

कांग्रेस र एमालेका बहुमत निवर्तमान संसद प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सर्वोच्चमा रिट लिएर गएको बेलामा प्रधानमन्त्रीसहित ती दलका शीर्ष नेतालाई राष्ट्रपतिले एक ठाउँमा राखेर छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

वि.सं.२०८२ पुस ८ मंगलवार १६:३२ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...