काठमाडौँ । सर्वसाधारणकाे सुपथ मूल्यमा घरबनाउने चाहानालाई मध्यनजर गर्दै घर निर्माण फाउन्डेशनको आयोजनामा “घर निर्माण फेस्ट २०८२” आयोजना हुने भएकाे छ ।
घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधिमैत्री, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन डिजाइनसँग जोडने उद्देश्यका साथ “घर निर्माण फेस्ट २०८२” आयोजना गर्न लागिएकाे बिहिबार(आज) काठमाडाैंमा पत्रकार सम्मेलनकाे आयाेजना गरी साे जनाकारी दिईएको हो ।
फाउन्डेशनको आयोजनामा हुन लागेको यस फेस्टले घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवाला सबैलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य लिएको जनाइएकाेछ ।
फेस्टमा ६ लाख रुपैयाँमै निर्माण गर्न सकिने घर, कमाउने घर, आर्किड भिल्ला, ह्वाइटरुम्स, डोम हाउस जस्ता आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाहरू प्रस्तुत गरिने आयाेजकले जनाएकाे छ ।
यससँगै घर निर्माणसँग सम्बन्धित सामग्री, प्रविधि, डिजाइन, सेवा तथा समाधानहरू प्रस्तुत गर्ने एक सय ५० भन्दा बढी स्टलहरू रहनेछन् ।
नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गएपनि धेरै कम्पनी तथा ब्रान्डहरूले अझै पनि समान रूपमा आफ्नु उत्पादन प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्न घर फेस्ट आयोजना गर्न लागिएको हो ।
याे पनि पढ्नुहाेस्
आधुनिक प्रविधिसहित ‘घर निर्माण फेस्ट २०८२’ आउँदै, दुई अर्बकाे कारोबार हुने अपेक्षा
प्रदर्शनीमा विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायिले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गमा ल्याउन सक्नेछन् । दुइ अर्ब भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको प्रदर्शनी विशेष र ऐतिहासिक बनाउन विश्व कीर्तिमानी इँटाको प्रदर्शन गरिनेछ भने जास्मिन पेन्ट्सको सहकार्यमा विश्वकै सबैभन्दा ठूली ढाका टोपी प्रदर्शन आयोजना गरिनेछ जसले नेपाली कला, संस्कृति र निर्माण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ ।
फेस्टमा युवा पुस्ताको सक्रिय सहभागितालाई समेत विशेष प्राथमिकता दिइएको छ । त्यसका लागि ५० भन्दा बढी कलेजका विद्यार्थी टोलीहरूको सहभागितामा मोडल प्रतियोगिता आयोजना गरिनेछ, जसले विद्यार्थीहरूलाई आफ्नो सिर्जनशीलता, नवप्रवर्तन र प्राविधिक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयाेजकले विश्वास लिएकाेछ ।
प्रतियोगिताले भविष्यका इन्जिनियर, आर्किटेक्ट र डिजाइनरहरूलाई व्यवहारिक अनुभव दिने विश्वास आयाेजककाे छ । फेस्टको औपचारिक उद्घाटन पुष १२ गते दिउँसो १२ बजे हुनेछ । ४ दिन सम्म चल्ने फेस्टमा विभिन्न विषयमा आधारित अन्तरक्रिया समेत हुनेछ ।
करिब ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टको पहिलो र दोस्रो दिन घर नक्सा,राम्रो र बलियो घर विषयक प्यानल डिस्कसन हुनेछ भने तेस्रो दिन जे गर्छु नेपालमै गर्छु विषयक अन्तरक्रिया हुने आयाेजकले जनाएकाे छ । अन्तरक्रिया सत्र जारि रहँदा दैनिक प्रदर्शन भने जारी नै रहनेछ । १५ गते औपचारीक रुपमा फेस्टको समापन हुनेछ ।
शिवम् सिमेन्ट मुख्य प्रयाेजक रहेको घर निर्माण फेस्ट २००२ मा प्लम्बर पाइपले मुख्य सहकार्य गरेको छ । त्यसैगरी टाइल पार्टनरका रुपमा नेपोभिट, यूपीभीसी पार्टनरका रुपमा पञ्चकन्या डीम्याक्स, प्रोपर्टी पार्टनरका रुपमा सारा सेवा, सेनेटरी पार्टनरका रुपमा स्वाती इन्टरप्राइजेज छन् । यस्तै इन्टेरियर पार्टनरका रुपमा सोफाहब, फर्निचर पार्टनरमा फर्निचर महल पेन्ट पार्टनरका रूपमा तथा एसियन पेन्ट्स रहेका छन् ।
वि.सं.२०८२ पुस १० बिहीवार १४:०३ मा प्रकाशित




























