back
CTIZAN AD

‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’

वि.सं.२०८२ पुस ११ शुक्रवार

825 

shares

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्वा श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिकका समस्या समाधान गर्न तीनै तहका सरकार, नागरिक समाज, परिवारलगायत सरोकार भएका सबैको हातेमालो र सहयोगको आवश्यकता औँल्याए ।

मन्त्री श्रेष्ठले भने, “जीवनको ऊर्जाशील समयमा आफ्नो क्षेत्रमा विज्ञता, सीप, दक्षता र अनुभव हासिल गर्नुभएका ज्येष्ठ नागरिकका विषयमा रहेका समस्या समाधानमा सम्बद्ध सबैको चासो र चिन्ता हुन जरुरी छ । आपसी सहकार्य र समन्वयबाट समस्या समाधान गर्न सकिन्छ ।”

मन्त्री श्रेष्ठले काठमाडौँको पशुपति क्षेत्रमा सरकारले समाज कल्याण केन्द्रमार्फत आवासीय रूपमा असहाय ज्येष्ठ नागरिकलाई राखी वृद्धाश्रम सञ्चालन गरिरहेको जनाउनुभयो । उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको सम्मान गर्दै अन्तरपुस्ता सीप हस्तान्तरणसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन भयरहेका उल्लेख गरे ।

सन्देशमा भनियको छ, “वृद्धावस्था व्यवस्थापनको लागि वृद्धा स्याहारसुसारसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकका विषयमा समन्वय कायम गर्न निरन्तर अन्तरनिकाय समन्वय गर्ने कार्य भइरहेको छ ।”

देशभर सञ्चालन भएका ज्येष्ठ नागरिकसम्बन्धी सेवा केन्द्र, हेरचाह केन्द्र, दिवासेवा केन्द्र÷मिलन केन्द्र, आश्रम÷वृद्धाश्रम तथा ज्येष्ठ नागरिकसम्बन्धी काम गर्ने सङ्घसंस्थाको अनुगमन गरी सुझाव सङ्कलनको काम पनि मन्त्रालयले गरिरहेको उनले जानकारी दिए ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १३ बमोजिम मन्त्रालयका तत्कालीन मन्त्रीको अध्यक्षतामा गठित केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको विसं २०७८ वैशाख ८ गतेको बैठकले हरेक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

नेपालमा पहिलोपटक ज्येष्ठ नागरिकलाई वृद्धभत्ता र सामाजिक सुरक्षा भत्ता घोषणा गरेको दिन २०५१ साल पुस ११ गतेलाई आधार मानी सोही दिन राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

वि.सं.२०८२ पुस ११ शुक्रवार १२:२८ मा प्रकाशित

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

हेटौंडा । बागमती प्रदेश सरकारमा आज अर्थात् १ साउन २०८३...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...