back
CTIZAN AD

कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप

वि.सं.२०८२ पुस ११ शुक्रवार

729 

shares

गण्डकी । आसन्न निर्वाचनका लागि जिल्लामा १७ हजारभन्दा बढी मतदाता थप भएका छन् । यसअघिको निर्वाचनमा यहाँ दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा आसन्न निर्वाचनका लागि थप १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन माग गरेकामा उक्त सङ्ख्याका मतदाताले आवेदन दिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । नयाँ मतदाता नामावलीका सम्बन्धमा कार्यालयले थप अध्ययन गरिरहेको उल्लेख गर्दै उहाँले शीघ्र अन्तिम नामावली प्रकाशन गरिने बताए ।

जिल्लामा निर्वाचनका लागि १५३ मतदानस्थल तय भइसकेका जानकारी दिँदै सूचना अधिकारी न्यौपानेले यसअघिको निर्वाचनमा १५० निर्वाचनस्थल रहेका बताए । उनका अनुसार अन्तिम मतदाता नामावाली तय भएपछि मात्रै मतदान केन्द्रहरूबारे टुङ्गो लाग्नेछ ।

वि.सं.२०८२ पुस ११ शुक्रवार १३:०७ मा प्रकाशित

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...

विकट स्थान मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन

विकट स्थान मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर...

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

हेटौंडा । बागमती प्रदेश सरकारमा आज अर्थात् १ साउन २०८३...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...