back

जसपा नेपाल र जसपाबीच एकता घोषणा

वि.सं.२०८२ पुस १४ सोमवार

255 

shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको छ । उहाँहरूबीच आज एकताको सहमतिमा हस्ताक्षरसमेत भएको छ । यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएको थियो ।

विगतमा एउटै दलमा रहनुभएका उहाँहरूबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर एकता मधेस आन्दोलनको उपलब्धिका रूपमा रहेको सङ्घीयता गणतन्त्रको सरक्षण एवं संवद्र्धन तथा मधेस र मधेसी जनताको अधिकार सुनिश्चितताका लागि भन्दै एकताको सहमति भएको हो ।

जनता समाजवादी पार्टीका बहुमत केन्द्रीय सदस्य उपेन्द्र यादव नेतृत्वको पुरानै पार्टीमा एकीकृत हुने तय भएको रेणु यादव पक्षका नेता प्रदीप यादवले जानकारी दिए । बदलिँदो राजनैतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको एकता अपरिहार्य रहेकाले मधेसी जनताको चाहना र जनअपेक्षालाई शिरोधार्य गरी एकताको घोषणा गरिएको उनले बताए ।

वि.सं.२०८२ पुस १४ सोमवार १४:४० मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...