back
CTIZAN AD

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

वि.सं.२०८२ पुस १४ सोमवार

807 

shares

ताप्लेजुङ । ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७ पुगेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या ६ हजार २ सय ४३ कम छ ।

पछिल्लो पटक जिल्लामा २ हजार ४२ नयाँ मतदाता थपिएका हुन् । विसं २०७९ को निर्वाचनमा जिल्लामा ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नौ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी १८ हजार १ सय ९० मतदाता फुङलिङ नगरपालिकामा रहेका छन् । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ मतदाता रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज दुलालले जानकारी दिए ।

यस्तै, सिरिजङ्गा गाउँपालिकामा ११ हजार ६ सय ६४, पाथीभरा याङवरक गाउँपालिकामा ९ हजार ७ सय ४१, आठराई त्रिवेणी गाउँपालिकामा ९ हजार ५ सय एक, फक्ताङलुङ गाउँपालिकामा ९ हजार ३ सय, सिदिङ्वा गाउँपालिकामा ८ हजार ९ सय १५, मेरिङदेन गाउँपालिकामा ८ हजार ६ सय १२ र मैवाखोला गाउँपालिकामा ७ हजार ४ सय ५६ मतदाता रहेका छन् । आगामी निर्वाचनका लागि जिल्लाभर ८० मतदान स्थल र एक सय २७ मतदान केन्द्र तय गरिएका सूचना अधिकारी दुलालले जानकारी दिए ।

वि.सं.२०८२ पुस १४ सोमवार १५:२६ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...