back
CTIZAN AD

समानुपातिकतर्फ तीन हजार ४२४ जनाबीच प्रतिस्पर्धा हुने

वि.सं.२०८२ पुस १५ मंगलवार

867 

shares

काठमाडौैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ६४ दलले मात्रै निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

आयोगमा दर्ता भएका एकसय दलमध्ये सोमबार र मंगलबार जम्मा ६४ दलले मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका हुन । आयोगको विवरणअनुसार निर्धारित समयमा २२ वटा दलले समानुपातिकतर्फको सबै सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् भने बाँकी दलले कम्तिमा १० देखि १०१ जनासम्मको बन्दसूची पेश गरेका छन् ।

समानुपातिक प्रणालीतर्फ ६४ वटा राजनीतिक दलबाट तीन हजार चारसय २४ जनाको उम्मदेवारी परेको निर्वाचन आयोगले जनाएको छ । यसपटक ६४ दलले ५८ वटा चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् भने ५४ दल आ–आफ्नो चुनाव चिह्नबाट र १० वटा दल चारवटा चुनाव चिह्नमा निर्वाचन लड्दैछन् ।

एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, नेपाल श्रम संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, नेकपा संयुक्त, नेकपा, नेपाली जनता दल, जय मातृभूमि पार्टी, नेकपा माओवादी, सार्वभौम पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता दल, संयुक्त नागरिक पार्टी, राष्ट्र निर्माण पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल मातृभूमि पार्टी, मितेरी पार्टी, जनअधिकार पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, संसदीय लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, कांग्रेस बीपी लगायतका दलले समानुपातिक सूची आयोगमा बुझाएका छन् ।

नेपालको संविधान अनुसार प्रतिनिधिसभा कुल २७५ सदस्यीय हुन्छ । जसमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरूको संख्या ११० हुन्छ भने प्रत्यक्षतर्फ १६५ हुन्छ ।

वि.सं.२०८२ पुस १५ मंगलवार १४:५३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...