काठमाडौँ । विगठित प्रतिनिधि सभाकी सांसद, कृषि तथा सहकारी समिति सदस्य रुपा थारुले नेपाली किसानले भारतीयत किसानहरुसँग प्रतिस्पर्धै गर्न नसक्ने बताएकी छन् ।
संसार न्युजसँगको कुराकानीमा उनले त्यस्तो बताएकी हुन् । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ समेत रहेकी थारुले निती निर्माण तहमा रहेका नेतृत्वहरु कृषि र उत्पादनसँग नजोडिएका कारण वास्तविक किसान र कृषिको समस्या के हो ? र यस्को निराकरणको उपाय के हो ? भन्ने कुरा पत्ता लगाउन नसकिएको बताएकी छन् ।
संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर काम गर्न सक्दा किसानका समस्या हल हुने उनको बुझाइ छ । किसानले उत्पादन त गर्छन् तर त्यसको बजारिकणमा समस्या हुँदा निरास भएर उत्पादन प्रक्रिया नै छोड्ने अहिलेको नेपालका किसानहरुको मुख्य समस्या रहेको उनको भनाई छ ।
विगत १२ वर्षदेखि व्यवसायिक कृषिमा लागेकी थारुले मल, वीउ, सिँचाइ, बजार लगायतका विषयहरुको ग्यारेन्टी सरकारले गरे नेपालको कृषि क्षेत्रले ठूलो फड्को मार्ने ठोकुवा गरिन् ।
वि.सं.२०८२ पुस १८ शुक्रवार १८:३२ मा प्रकाशित




























