सुनिता बराल, काठमाडौँ
प्रिये मलाई भेट्न आउँदै थिए
असाध्य मनमनै रमाउँदै थिए
हटेर दुःखको घडी खुसी हुँदै
उनी नयाँ कुरा सुनाउँदै थिए
थिए खुसीका अश्रु नयनमा मेरा
अतालिँदै उनी फकाउँदै थिए
डुबेँछु प्यारमा निकै उनीसँगै
लुकीछिपी उनी चियाउँदै थिए
फसे पनि अपार दुःखमा उनी
सुरम्य जीन्दगी रमाउँदै थिए
बहरः हजज मुसद्दस सालिम मकबुज
अर्कानः मुफाइलुन , मुफाइलुन, मुफाइलुन
वजन : १२१२ – १२१२ – १२१२
काफिया : आउँदै
रदिफ :थिए
अभ्यास : स्वर्ण पाठशाला
वि.सं.२०८२ पुस १९ शनिवार ०८:२१ मा प्रकाशित




























