back
CTIZAN AD

कविता : सफल वृद्ध बनौँ

वि.सं.२०८२ पुस १९ शनिवार

849 

shares

कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर

सुत–सुता घरका बलिया हुन
गगनमा सहजै करले छुन
हुनु छ यी सबका खुद चालक
सफल वृद्ध बनौँ हुन पालक ।। १

जब भयो बलियो घरको मियो
अनि बन्यो गतिलो परिवार त्यो
दृढ भई अनुशासनमा बसौँ
समय यो बटुली पटुकी कसौँ ।। २

जल मिले मलले विरुवाहरू
श्रम भई पसिना–रसले अरू
फल दिएर छिटो हुन तृप्तता
सफल वृद्ध बनौँ लिन मित्रता ।। ३

जतन होस् धनको मृदुभास होस्
सफलता बहुधा स्थिरमा रहोस्
भव सबै थलियोस् अनिकालको
सफल वृद्ध बनौँ सहकालको ।। ४

समयको गतिमा न बगेपछि
कति परे तल ती न बुझेपछि
तर भयौँ अब ता शुभ चेतक
सफल वृद्ध बनौँ परिवर्तक ।। ५

छन्द :द्रुतविलम्बित
गण : न – भ – भ – र
सङ्केत : III – SII – SII – SIS

वि.सं.२०८२ पुस १९ शनिवार ०७:४१ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...