अनुराग अरुण,लुभू, ललितपुर
व्यथा दुख अरूलाई सुनाएर के हुन्छ
नबोल्ने शिलालाई पुकारेर के हुन्छ
हमेसा नदेखे झैँ गरी जान्छ जो आफै
रिसाएर जानेलाई रोकेर के हुन्छ
नयनले बुझिन्छन् दुःख पीडा सबै मनका
भिजे आँसुले अनुहार हाँसेर के हुन्छ
बनायो चखेवाको सधैँ दैवले जोडी
कठै भाग्यमा जो छैन देखेर के हुन्छ
नसम्झेर साँचो प्रेम घट्दैन है साथी
हमेसा छ जो दिलमा नसम्झेर के हुन्छ
बहर : तबील मसम्मन सालिम
अर्कान : फऊलुन् , मुफाईलुन् , फऊलुन्, मुफाईलुन्
वजन : १२२ – १२२२ – १२२ – १२२२
काफिया : ऐर
रदिफ :के हुन्छ
अभ्यास : उज्यालो पाठशाला
वि.सं.२०८२ पुस १९ शनिवार ०८:०९ मा प्रकाशित




























