back
CTIZAN AD

गजल

वि.सं.२०८२ पुस १९ शनिवार

996 

shares

अनुराग अरुण,लुभू, ललितपुर

व्यथा दुख अरूलाई सुनाएर के हुन्छ
नबोल्ने शिलालाई पुकारेर के हुन्छ

हमेसा नदेखे झैँ गरी जान्छ जो आफै
रिसाएर जानेलाई रोकेर के हुन्छ

नयनले बुझिन्छन् दुःख पीडा सबै मनका
भिजे आँसुले अनुहार हाँसेर के हुन्छ

बनायो चखेवाको सधैँ दैवले जोडी
कठै भाग्यमा जो छैन देखेर के हुन्छ

नसम्झेर साँचो प्रेम घट्दैन है साथी
हमेसा छ जो दिलमा नसम्झेर के हुन्छ

बहर : तबील मसम्मन सालिम
अर्कान : फऊलुन् , मुफाईलुन् , फऊलुन्, मुफाईलुन्
वजन : १२२ – १२२२ – १२२ – १२२२
काफिया : ऐर
रदिफ :के हुन्छ
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ पुस १९ शनिवार ०८:०९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...