back
CTIZAN AD

गजल

वि.सं.२०८२ पुस १९ शनिवार

1.2K 

shares

धनसिंह गिरि, दाङ

सधैँ काम गर्ने परानीहरू छन्
ठगी खाने तिनलाई पापीहरू छन्

मुलुकमा गँजेडी सराबीहरू छन्
मुलुक बेच्न खोज्ने दलालीहरु छन्

यहाँ छैन विश्वास आफ्ना कसैको
कुरा गोप्य खोल्ने सुराकीहरू छन्

मुलुकलाई खाँचो छ रक्षकहरूको
सुरक्षा नगर्ने सिपाहीहरू छन्

मुलुकमा के गर्थे असल काम तिनले
सदनभित्र सुत्ने जो अल्छीहरू छन्

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान: फऊलुन् , फऊलुन् , फऊलुन् , फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : ई
तहलिली रदिफ : हरू
रदिफ :छन्
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ पुस १९ शनिवार ०८:१२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...