back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ पुस १९ शनिवार

1.2K 

shares

नन्दलाल आचार्य
बेलका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश

१.
ढल्काउँदा टोपी शिर
उच्च शान नेपालीको
मेटिन्छन् सबै पिर ।
२.
सगरमाथा जस्तै उँचो
धर्तीको सुन्दर फूल
छैन यहाँ कुचो ।
३.
नेपालीको चिनो चोखो
सभ्यताको एउटा कडी
सजाउने मेरो धोको ।
४.
मखमली चिनो हाम्रो
पुर्खाको नासो संस्कृति
कति ज्यादै राम्रो ।
५.
बुट्टा भरेको चिनारी
संसारलाई देखाउने मौलिकता
हाम्रो आफ्नै भारी ।
६.
हिमालझैँ छ अटल
नेपाली मनको भावना
सधैँ रहन्छ सफल ।
७.
एकताको सूत्र गाँस्ने
विविधतामा एउटै रङ्ग
दुःखका दिन नास्ने ।
८.
मौलिक भेषको ज्योति
राष्ट्रिय एकताको गौरव
सबैको प्रिय मोती ।
९.
शिरको शोभा बढाउँछ
नेपालीपनको सुगन्ध छर्दै
गर्वले माथ उठाउँछ ।
१०.
सबैको साझा भारी
पुर्खाको पसिना रगत
नेपालीको छ चिनारी ।

वि.सं.२०८२ पुस १९ शनिवार ०८:०७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...