हरिप्रसाद तिमल्सिना
त्रिपुरासुन्दरी – ४, धादिङ्
कुरै ठुलो भो
नयाँ नयाँ मन्त्रीको
खुट्टा लुलो भो ।१।
आशा हरायो
आन्दोलन गर्न नै
बाध्य गरायो ।२।
तिम्रो धोकाले
राती भिज्यो सिरानी
आँसु फोकाले ।३।
चाखि हेर्नेको
पक्कै भलो हुँदैन
पार्टी फेर्नेको ।४।
माटो थुपारी
कौसी, छत बनाऔं
करेसाबारी ।५।
योग र ध्यान
गर्नेगर्छु सककधै नै
स्वस्थ छ ज्यान ।६।
पारे कुर्लुम्मै
कुर्ची, सत्ता मोहमा
डुबे चुर्लुम्मै ।७।
एकै धड्कन
बनौं तिमी र हामी
मूना मदन ।८।
बन्यौ चहारा
अब कतै मेरो त
छैन सहारा ।९।
कुर्नु कुरायौ
पापै गरÞ्यौ लगन
वि.सं.२०८२ पुस १९ शनिवार ०८:०२ मा प्रकाशित






























