back
CTIZAN AD

आज बुधबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ पुस २३ बुधवार

516 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ कामको सुरुआत गर्न अनुकूल दिन हो । आत्मविश्वास र साहस बढ्नेछ । कार्यक्षेत्रमा देखिएको अलमल क्रमशः हट्ने संकेत छन् । आर्थिक पक्ष सामान्य रहला तर अनावश्यक खर्चबाट टाढा रहनु राम्रो हुन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज धैर्य र समझदारीले काम लिने दिन हो । पारिवारिक जिम्मेवारी बढ्न सक्छ । मेहनत अनुसारको फल ढिलो भए पनि अवश्य प्राप्त हुनेछ । स्वास्थ्यतर्फ खानपानमा ध्यान दिनु उपयुक्त हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भेटघाट, छलफल र संवादबाट फाइदा मिल्ने दिन हो । नयाँ सूचना वा प्रस्ताव प्राप्त हुन सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । हतारमा निर्णय नगर्नु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँगको सम्बन्ध सुदृढ बन्ने दिन हो । मन भावनात्मक भए पनि स्थिर रहनेछ । कामकाजमा सामान्य प्रगति देखिन्छ । आराम र विश्रामलाई महत्व दिनुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा नेतृत्वदायी भूमिका निभाउने अवसर मिल्नेछ । प्रशंसा र सम्मान पाउने योग छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । घमण्डभन्दा नम्र व्यवहार लाभदायी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम बढ्ने दिन हो । आजको मेहनतले भविष्यमा राम्रो परिणाम दिने संकेत छन् । योजना, अध्ययन र लेखनमा मन जानेछ । स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन र समझदारी आवश्यक पर्ने दिन हो । दाम्पत्य वा पारिवारिक जीवनमा खुला संवादले समस्या समाधान हुन सक्छ । आर्थिक निर्णय सोचविचार गरेर लिनु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि गम्भीर रहन सक्छ । गोप्य कुरामा सतर्कता अपनाउनु उपयुक्त हुन्छ । धैर्य र विवेकले काम गर्दा परिस्थिति आफ्नो पक्षमा आउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसर र सकारात्मक समाचार प्राप्त हुने दिन हो । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । आत्मविश्वास बढ्नेछ र भविष्यप्रति आशावादी बनाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । परिश्रमको कदर हुनेछ । कार्यक्षेत्रमा स्थिरता आउने संकेत छन् । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलताले मन उत्साहित रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । मित्रहरूको सहयोगले काम सहज बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ । निर्णय गर्दा व्यवहारिकता अपनाउनु राम्रो हुन्छ ।

२०८२ पौष २३ गते, बुधबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ पुस २३ बुधवार ०७:२१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...