back
CTIZAN AD

संस्कृति, व्यवसाय र उत्साहको संगम : देवचुली महोत्सव शोभायात्रासहित उद्घाटन

वि.सं.२०८२ पुस २६ शनिवार

969 

shares

नवलपुर । देवचुली नगरपालिकामा सञ्चालन हुँदै आएको छैटौं देवचुली महोत्सव आज भव्य शोभायात्रासहित औपचारिक रूपमा सुरु भएको छ। देवचुली नगरभित्र क्रियाशील विभिन्न संघ–संस्थाको उल्लेख्य सहभागितामा नगर परिक्रमा गर्दै निकालिएको आकर्षक शोभायात्राले महोत्सवको रौनक थपेको थियो।

देवचुली मल्टिप्लेक्सको मुख्य प्रायोजन तथा देवचुली उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा सुरु भएको महोत्सव उद्घाटनअघि संघको कार्यालय परिसरबाट सुरु गरिएको शोभायात्रा महोत्सव स्थलमा पुगेर समापन भएको थियो।

शोभायात्रामा टोल विकास संस्था, आमासमूह, बैंक तथा वित्तीय संस्था, सहकारी, निजी तथा सामुदायिक विद्यालय, होटल व्यवसायी संघ, सामुदायिक वन, जातीय संघ–संस्था, ब्रह्मकुमारी राजयोग संस्था, जीवन विज्ञान प्रयोगशाला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुरलगायतका संघसंस्थाहरूले आ–आफ्ना ब्यानरसहित सहभागिता जनाएका थिए।

शोभायात्रा समापनपछि आयोजित उद्घाटन समारोह देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षता तथा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्र बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा देवचुली मल्टिप्लेक्सका सञ्चालक देव भुसाल, संघका संस्थापक अध्यक्ष धर्मराज बस्याल, चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ, उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्य, देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री बस्यालले देवचुली महोत्सवले स्थानीय पहिचान, मौलिक संस्कृति र सम्भावनालाई राष्ट्रियस्तरसम्म चिनाउने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै कृषि, पर्यटन र साना उद्यमलाई जोडेर दिगो विकासको आधार तयार गर्ने विश्वास व्यक्त गरे ।

सरकार स्थानीय तहसँग सहकार्य गर्दै उत्पादन, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै यस्ता महोत्सवहरू विकासका सहयात्री भएको धारणा उनले राखे ।

कार्यक्रममा भृकुटी इङ्ग्लिस स्कुल धारापानी र कालिका माध्यमिक विद्यालय विशालटारका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने नेपाल नमुना माध्यमिक विद्यालय केउरेनी र अमर इङ्ग्लिस स्कुल रजहरले क्रमशः स्काउट तथा एनसिसी परेड प्रस्तुत गरेका थिए। जीवन विज्ञान देव ज्योति स्वास्थ्य जागरण कार्यक्रम देवचुली–७ रामबासको जागरण नृत्यले समारोहलाई थप आकर्षक बनाएको थियो।

महोत्सवबारे प्रकाश पार्दै देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसालले देवचुली महोत्सव केवल उत्सव नभई नगरको आर्थिक, सांस्कृतिक र सामाजिक रूपान्तरणको साझा अभियान भएको उल्लेख गरे। स्थानीय उत्पादन, कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धनमार्फत देवचुलीलाई आत्मनिर्भर बनाउने दिशामा महोत्सवले नयाँ ऊर्जा थप्ने उनको भनाइ थियो। महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, व्यवसायी र नगरवासीप्रति आभार व्यक्त गर्दै उनले देवचुलीवासीको एकता र सक्रिय सहभागिताले महोत्सवलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

संघका वरिष्ठ उपाध्यक्ष विनोद सिलवालको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासचिव तिलादेवी न्यौपानेसहित सत्यराज अधिकारी र प्रितम भुजेलले सहजीकरण गरेका थिए। उद्घाटन समारोहमा गायक गणेश बिसी, तिलक कँडेल, गायिका सपना परियारलगायत कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए।

वि.सं.२०८२ पुस २६ शनिवार १३:३५ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...