back
CTIZAN AD

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

वि.सं.२०८२ पुस २९ मंगलवार

519 

shares

नवलपुर। नवलपुर जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सहकारी संस्थाहरूबाट सञ्चालन भइरहेका स्वरोजगार कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्न छड्के अनुगमन गरिएको छ। अनुगमनले जिल्लामा युवालाई स्वरोजगार बनाउने सरकारी प्रयास सकारात्मक दिशातर्फ अघि बढिरहेको संकेत गरेको छ।

नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयले कोषका सम्माननीय उपाध्यक्ष अनिलराज पौडेलको प्रमुख उपस्थितिमा नवलपुर जिल्लाका विभिन्न सहकारी संस्था तथा स्वरोजगार उद्यमीहरूको कार्यक्रम स्थलगत अवलोकन गरेको हो।

अनुगमन टोलीले कावासोती नगरपालिका–८ मा अवस्थित कावासोती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा कावासोती नगरपालिका–१५ बाघखोरमा रहेको हाम्रो दिगो गाउँ पर्यटन सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन भइरहेका स्वरोजगार कार्यक्रमहरूको अवस्था निरीक्षण गरेको थियो। ती सहकारीमार्फत युवाहरूले कृषि, पशुपालन, पर्यटन, साना व्यवसाय तथा सेवा क्षेत्रमा सञ्चालन गरेका उद्यमहरूको प्रगति, रोजगारी सिर्जना र आर्थिक योगदानबारे विस्तृत जानकारी संकलन गरिएको थियो।

पौष २८ गते कावासोती–अमलटारीमा सम्पन्न उक्त अनुगमनका क्रममा सहकारीमार्फत लगानी गरिएका उद्यम तथा व्यवसायहरूको सञ्चालन अवस्था, लगानी सदुपयोग, आयआर्जनको अवस्था, रोजगारी सिर्जनामा परेको प्रभाव तथा भविष्यका सम्भावनाहरूबारे उद्यमीहरूसँग प्रत्यक्ष संवाद गरिएको थियो। अनुगमन टोलीले कार्यक्रमको कार्यान्वयनमा देखिएका सकारात्मक पक्षहरूको प्रशंसा गर्दै सुधार गर्नुपर्ने विषयमा सुझावसमेत दिएको थियो।

अनुगमनका क्रममा बोल्दै कोषका उपाध्यक्ष अनिलराज पौडेलले युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालन गरिएका स्वरोजगार कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन नियमित अनुगमन, सहजिकरण र क्षमता अभिवृद्धि आवश्यक रहेको बताए। उनले सहकारीमार्फत कार्यक्रम सञ्चालन गर्दा पहुँच, पारदर्शिता र जवाफदेहिता बढ्ने उल्लेख गर्दै स्थानीय तह, सहकारी र कोषबीचको समन्वय अझ सुदृढ गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सहजिकरण तथा सहकार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै कावासोती सहकारी सञ्जाल नवलपुरका अध्यक्ष कृष्णराज सिग्देलप्रति विशेष आभार व्यक्त गरिएको छ। सहकारी सञ्जालको सक्रियताले कार्यक्रम प्रभावकारी बनेको अनुगमन टोलीको निष्कर्ष रहेको थियो।

युवा स्वरोजगार कोष नवलपुरका सदस्य सचिव प्रितम भुजेलका अनुसार यस्ता छड्के अनुगमनहरूले स्वरोजगार कार्यक्रमको वास्तविक अवस्था बुझ्न, कमजोरी सुधार गर्न र भविष्यमा कार्यक्रमलाई अझ परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। उनले युवालाई उद्यमशील बनाउँदै स्थानीय अर्थतन्त्र सुदृढ गर्ने लक्ष्यअनुसार आगामी दिनमा अनुगमन र सहजिकरणलाई निरन्तरता दिइने बताए।

 

वि.सं.२०८२ पुस २९ मंगलवार ११:०५ मा प्रकाशित

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...