back
CTIZAN AD

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

वि.सं.२०८२ पुस २९ मंगलवार

645 

shares

महोत्तरी । यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको छ । यी दुवै समुदायको मुख्य पर्व मानिने माघेसङ्क्रान्ति नजिकिएसँगै मगर र थारू समुदाय पर्वको तयारीमा जुटेका हुन् । सौरमासको माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वलाई मगर समुदायले माघेसङ्क्रान्ति भन्छन् भने थारूले तिलासक्रायत भन्ने गर्छन् ।

यस भेगका थारू बस्तीमा पर्वका लागि सामथ्र्यअनुसार माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकार जुटाउँदैछन् । शीतलहर पनि केही दिनयता घट्न थालेपछि पर्वको तयारी गर्न सजिलो भएको छ ।

भङ्गाहा नगरपालिका क्षेत्रका भीमगढ, टिकुलिया, महुवा, भूचक्रपुर, पलारबिर्ता, थारूटोल बनरा, भङ्गाहा, मदनपट्टी, पर्सा, बखरी, करुणा, मेघरोल, हरखपुर, मझौलिया र धरमपुर थारू समुदायको बाहुल्यता भएका बस्ती हुन् । त्यसैगरी बर्दिबास नगरपालिकाको मेघनाथटोल र गौशाला नगरपालिका क्षेत्रका निगौल, रजखोरबिर्ता, बिसरपुर र जमुनियाँ पनि थारू बसोबास बाहुल्यताका बस्ती हुन् । यी बस्तीमा अहिले थारू महिला ‘लाई’ बनाउन व्यस्त छन् । तील, चिउरा, मुरी र जुनेलो भुटेर सक्खरको खुँदोमा मिसाएर बनाइने लड्डुलाई ‘लाई’ भनिन्छ । पश्चिम नेपालतिर थारूले यस पर्वलाई ‘माघी’ भने पनि मधेसमा भने तिलासक्रायत भन्ने गर्छन् ।

यो पर्वमा छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र इष्टमित्र डाकिने थारू जातिको परम्परा छ । “पर्वका लागि सबै करकुटुम्बलाई निम्ता दिइसकियो”, भङ्गाहा–४ थारूटोल बनराकी ७५ वर्षीया रामसुनरदेवी थारूले भने, “हामी अब पर्वको सर्जाम जुटाउन लागेका छौँ ।”

मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र मितमितिनी र इष्टमित्र डाक्ने चलन छ । महोत्तरीका उत्तरीक्षेत्रका बर्दिबास र गौशाला नगरपालिकाका धेरैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ ।

“माघेसङ्क्रान्ति मनाउन छोराछोरी धमाधम जम्मा हुँदैछन”, बर्दिबास–९ पशुपतिनगरको टोकीटोलका रामचन्द्र थापामगर भन्नुहुन्छ, “अब हुस्सु पनि फाटेर दिन राम्रा हुँदैछन्, चाडवाड रमाइलो हुने आस छ ।” मकर सङ्क्रान्ति पनि भनिने यो पर्वमा खास महत्वको मानिने तील, सक्खर, चिउरा र मुरीको बजार बाक्लै देखिएका छन् । तिलासक्रायत पर्वमा तील, चिउरा, जुनेलो र मुरीका लड्डु बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ ।

वि.सं.२०८२ पुस २९ मंगलवार १२:२४ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...