back

कविता : पाँच शब्द

वि.सं.२०८२ माघ ३ शनिवार

186 

shares

भुवन शिवाकोटी चौघरे, काठमाडौँ

शून्य
सबै शून्य छ

तिमी विना
सबै
सबै शून्य छ

अपुरो छ खुसी
अधुरो छ जीवनको रङ
तिमी विना

देखेको आँखाले
बोलिरहेका आँखाले
आँखाकै भाषा बुझ्न सकेन

मुटुको ढुकढुकीमा
हावाजस्तो चन्चल मनको
न आकार छ
न रङ छ
न देख्न सकिन्छ
न पढ्न सकिन्छ
न सुन्न सकिन्छ
अमुर्त अनुभूतिमात्र छ

चिसो समयमा
टाँसिएर बसे पनि न्यानो अनुभूति छैन
अन्यौल छ मन
हावामा विलाएको धुवाँ जस्तो
कहाँ छ थाहै छैन

मुस्किल छ
दुई मुटुको सङ्गममा उभिएर
दोधारमा

कसरी विश्वास गरौं
कसरी अविश्वास गरौं
स्वार्थी
निर्दयी समय

उसको तिखो शब्दले
दिलको
अनन्त गहिराईको भित्रसम्म
चस्स छोयो

मसँग
सबै भएर पनि म अपुरो छु
तिमीलाई छोडेर कहाँ जाउँ म
नदी सुकेपछि
किनारले छोडेपछि बन्ने बगर नै त हो
कानमा
त्यही आवाज गुन्जिरह्यो

जब
बिजुली बत्ती आयो
चकमन्न उज्यालो भो
बोल्दा बोल्दै ऊ अन्तध्र्यान भई

परन्तु !
उसक पाँच शब्दको आवाजले
दिलको
अनन्त गहिराईको भित्रसम्म
घोचेर छोए
घोचेरै छोईरहे
“तिमीलाई छोडेर कहाँ जाउँ म”

नदी सुकेपछि
किनारले छोडेपछि
बगर नै बन्ने त हो नि फूलबारी ।

वि.सं.२०८२ माघ ३ शनिवार ०६:११ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल, चितवन १. सर्वज्ञानी आफैँलाई बुझेर असत्य बोल्छन्...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ बुढानिलकण्ठ, काठमाडौँ बसेँ मौन भन्दैमा, छ‌...

चारु

चारु

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ मौलिकतामा बाँचौँ नगरेर देखासिकी हुँदैन...

सुसेली

सुसेली

कला ढकाल, झापा पीडा दिएर गयो निष्ठुरी त्यो खुशी लिएर...

गजल

गजल

मिरा ज्ञवाली ( आस्था ) कीर्तिपुर , काठमाडौँ वचनले मेरो...

गजल

गजल

हृषीकेश बराल, पोखरा –२६ कास्की खोज्छु आफन्त छैनन् पीडा हुँदै...