back
CTIZAN AD

कविता : भो नफुट

वि.सं.२०८२ माघ ३ शनिवार

960 

shares

नारायण खनाल निलम
मालारानी , अर्घाखाँची

भो नफुट
फुटेपछि जोडिँदैन सिसा
जोडिँदैनन्
फुटेपछि ग्रह –उपग्रहहरू
कहिल्यै सूर्यसँग !

मन फुटेपछि
मासु लुछ्दा आधा बाङ्गिएको
सिंहको दाह्रा भन्दा
झन् खतरनाक हुन्छ !

गालेर रसाउन पनि
धातुलाई रसायन चाहिन्छ
माहुरी कै भएर पनि के गर्नु
काठको घार कहाँ रसाउँछ र
धातु जोड्ने रसायनले ।

सिद्धान्तको
धरो समाएर
लाज ढाक्न छोडेको
धेरै भयो तिमीहरूले
के फुट्छौ ?
निकम्मा पदको आँखीझ्याले पछ्यौरीले
लाज ढाकेको देखाउन ।

भो नफुट !
मक्किएका
खुट्टा भएको कुर्सीमा बसी
जनताका आँसु माथि
पाइताला टेक्न ?

मातृवात्सल्य
फुटेको भए पो
गौरव र आत्म सुखको विषय हुन्थ्यो
प्यास मेटाउन बचेराको
मूल
फुटेको भए पो पानीको
ऐठनबाट मुक्त हुन्थ्यो भविष्य ।

साँच्चै सान्दर्भिक हुन्थ्यो
बीउ
अंकुराउन फुटेको भए
चित्त बुझाउन सकिन्थ्यो
बतासे फुल
फुटेको भए कुखुरीको ।

बिना भुकम्प
बिना ज्वालामूखी
स्वार्थले फुट्ने
धरालाई त इतिहासले चिन्दैन भने
फगत
बग्न स्वार्थको रयनमा
भो नफुट ।

भो नफुट !
फोहोर नै देखिए पनि
आँखाको पो महत्त्व हुन्छ
जति सेता देखिए पनि
अन्ततः
“कचरा –कचरा नै हुन्छ “।

वि.सं.२०८२ माघ ३ शनिवार ०६:१० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...