back
CTIZAN AD

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

वि.सं.२०८२ माघ ६ मंगलवार

699 

shares

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निस्सासिएकी एक वृद्धा महिलाको उद्धार गरिएको छ । सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्षीया तुलसी भुसालको उद्धार गरिएको हो ।

नेपाली सेनाका उपसेनानी मनोज कुँवर र नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन भट्टराईको टोलीले भवनको भित्ता फोडेर चौथो तलाबाट बेहोस अवस्थामा रहेकी वृद्धाको उद्धार गरेको राजदल गण विमानस्थल सुर्खेतका प्रमुख सेनानी भद्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँले उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको जनाउँदै अहिले अवस्थामा सामान्य रहेको बताउनुभयो । प्रमुख सेनानी सिंहले बिजुलीको काम गर्ने क्रममा विद्युत् ‘सर्ट’ भएर आगो लागेको उल्लेख गर्नुभयो । पसलभित्र रबर, टायर र छिटो आगो सल्किने वस्तु रहेकाले नियन्त्रणमा कठिनाइ भएको उहाँले बताउनुभयो । उहाँले पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । 

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा ७१, राजदल गण एयरपोर्टबाट प्रमुख सेनानी भद्रबहादुर सिंहको नेतृत्वमा ५०, सशस्त्र प्रहरी बल नेपाल नं ३२ गण हेडक्वाटर रक्तकाली गण सुर्खेतबाट सहायक प्रहरी निरीक्षक रामबहादुर खत्रीको नेतृत्वमा २१ जनाको टोली, आयल निगाम सुर्खेतको दमकल र डिभिजन वन कार्यालय सुर्खेतको ट्याङकरसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने तथा आगलागीको थप कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए । 

वि.सं.२०८२ माघ ६ मंगलवार ०८:३६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...