back
CTIZAN AD

राजनीतिक कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग नर्गन आग्रह

वि.सं.२०८२ माघ ६ मंगलवार

546 

shares

जलेश्वर (महोत्तरी) । जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलहरूलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यक्रममा आवतजावत गर्ने क्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया चरणबद्ध रूपमा अगाडि बढिरहेको सन्दर्भमा जिल्लामा शान्ति, सुरक्षा, अमनचयन कायम राख्न क्रियाशील राजनीतिक दल तथा दल निकट भ्रातृ सङ्गठनबाट सरकारी साधन प्रयोग गर्न आग्रह गरेको हो ।

साथै राजनीतिक दल तथा दल निकट भ्रातृ सङ्गठनबाट हुने सभा, सम्मेलनलगायत कार्यक्रम आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई अनुमति लिएर मात्र सञ्चालन गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज हुने मनोयन दर्ताका लागि जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा सबै तयारी पूरा भइसकेको र निर्वाचन अधिकृतको कार्यालय तयारी अवस्थामा बसेको जानकारी दिएको छ ।

वि.सं.२०८२ माघ ६ मंगलवार १०:४३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...