back
CTIZAN AD

राष्ट्रिय सभाको बैठक : ‘युवा पुस्ताको क्षमताको सम्मान गर्नुपर्छ’

वि.सं.२०८२ माघ ९ शुक्रवार

498 

shares

काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरुले देशको विकासमा युवा पुस्ताको क्षमतालाई समेटिनुपर्ने बताएका छन् । आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरुले मुलुकको राजनीतिक परिस्थिति सुधार गर्न पनि युवा मनोभाव सम्बोधन गरिनुपर्ने धारणा राखेका हुन् ।

राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले नातावाद र आफन्तलाई अवसर दिने परिपाटीले गर्दा धेरै सक्षम युवा दिक्क मानेर विदेसिनुपरेको बताए । यस्तो परिस्थितिबाट देशलाई जोगाएर सक्षम र दक्ष जनशक्तिलाई स्वदेशमै टिकाउने रणनीतिबारे सोच्नुपर्ने उनको सुझाव थियो ।

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले जेनजी आन्दोलनको समीक्षा गर्दै मुलुकको विकास पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सहकार्यमा सम्भव हुने बताउनुभयो । दलहरुको औचित्यमाथि प्रश्न गर्ने र अर्कोतर्फ दल बनाएर आउनेले जनतालाई भ्रममा पारेका उनले बताए । युवा पुस्ता र पुराना पुस्ताको कित्ताकाट गरेर विकास सम्भव नहुने उनको धाराणा थियो ।

वि.सं.२०८२ माघ ९ शुक्रवार १६:०५ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...