back
CTIZAN AD

सानिमा बैंकको BigMart क्यासब्याक योजना सफल, ग्राहकलाई २०० रुपैयाँसम्म फाइदा

वि.सं.२०८२ माघ ९ शुक्रवार

519 

shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले BigMart सँग सहकार्यमा सञ्चालन गरेको क्यासब्याक योजना सफलतापूर्वक सम्पन्न भएको छ। योजनाको पहिलो चरण सफल भएपछि बैंकले ग्राहकहरूका लागि थप समयावधि सहित योजना निरन्तरता दिएको जनाएको छ। यस योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्डमार्फत BigMart मा किनमेल गर्दा १० प्रतिशतसम्म, अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गरेका छन्।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यो योजना २०८२ असार मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। बैंकले यस योजनामार्फत ग्राहकहरूलाई आकर्षक छुट तथा अफर प्रदान गर्दै डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन प्रयास गरिरहेको छ।

क्यासब्याक तथा अन्य डिजिटल बैंकिङ अफरसम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको आधिकारिक वेबसाइटमार्फत उपलब्ध रहेको छ। हाल सानिमा बैंकले देशभर १३६ वटा शाखा कार्यालय तथा १२८ वटा एटिएममार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ।

 

वि.सं.२०८२ माघ ९ शुक्रवार १६:१९ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...