आर्त अकुलीन, देवाश्रम, कैलाली
१.
वन बोल्छ मौनमा
हरिणको चाल हलुको
कुरा खोल्छ मौनमा ।
२.
आकाश हाँस्छ निलो
चरा उड्छ स्वतन्त्र
गगन टाँस्छ निलो ।
३.
नदी नुग्छ धैर्यले
ढुङ्गा सिक्छ मौनता
आखिर पुग्छ धैर्यले ।
४.
माटोले ध्वन्यर्थ दिन्छ
कर्म देखाउँछ किराले
फूलले अर्थ दिन्छ ।
५.
रुख रहन्छ शान्त
थाक मेट्छ छायाले
हावा बहन्छ शान्त ।
६.
सत्यसँगै जाग्छ नियम
आँखा तेज बाघको
जङ्गल लाग्छ नियम ।
७.
घाम भन्छ आशा
दिनले बाटो खोल्छ
प्रेम बन्छ आशा ।
८.
बादल घुम्छ रूप
फेरिन्छ रङ्ग क्षणमै
पवन चुम्छ रूप ।
९.
गाई चर्छ शान्ति
मौनमै सन्देश गहिरो
अनि छर्छ शान्ति ।
१०.
दियो जल्छ उज्यालो
अज्ञान डुब्छ अँध्यारोमा
ज्ञान बल्छ उज्यालो ।
वि.सं.२०८२ माघ २४ शनिवार ०५:४४ मा प्रकाशित






























