back
CTIZAN AD

योग सुसेली

वि.सं.२०८२ माघ २४ शनिवार

1K 

shares

खगेन्द्र बस्याल, बुटवल

योगको लय
मन भयो प्रसन्न
सबैको जय ।


बनौं महानै
बत्ती बन्ने हो भने
जागौं बिहानै ।


तन र मन
मोही जस्तै पारेर
बनौं सज्जन ।


योगका कुरा
लागु गरे जिन्दगी
पूर्णिमा पूरा ।


साह्रै दयालु
सूर्य नमस्कार यो
मेरो मयालु ।


चेहरा शुद्ध
योगबाट जन्मिन्छ
भावना बुद्ध ।


अङ्ग प्रत्यङ्ग
यो सूर्य नमस्कार
कस्तो उमङ्ग!


गरौँ सबेरै
शरीरकै पूजा हो
आसन धेरै ।


नातिनी नाति
सबैलाई जरुरी
कपाल भाँती ।

१०
हाँसौं हसाऔं
आफू मात्रै होइन
सबै जगाउँ ।

वि.सं.२०८२ माघ २४ शनिवार ०५:५१ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...