back
CTIZAN AD

गजल

वि.सं.२०८२ फागुन २ शनिवार

588 

shares

धनसिंह गिरि, दाङ

दिएर आशा फकाए जसले कुरै कुराले
चुसे तिनैले रगत गरिबको बडो मजाले

मनुजहरूले त गर्न छोडे भजन र किर्तन
छ राम जप्दै निस्वार्थ मनले बरू सुगाले

कुबुद्धिवाला धेरै हुँदैमा के गर्न सक्छन्
अनेक गर्छन् सुबुद्धिवाला दुई जनाले

छ प्वाँख भन्दै घमण्ड गर्थ्यो मजुरले किन्तु
लिएर ईश्वर छ विश्व घुम्दै चतुर मुसाले

थिए जो आफन्त टाढिए ती गुहार माग्दा
विपद् हुँदा बरू दिए सहारा मेरा सखाले

बहर : जमिल मुसद्दस सालिम
अर्कान : मफाइलातुन् , मफाइलातुन् , मफाइलातुन्
वजन : १२१२२ – १२१२२ – १२१२२
काफिया : आ
तहलिली रदिफ : ले
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ फागुन २ शनिवार ०५:५० मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...