back
CTIZAN AD

गजल

वि.सं.२०८२ फागुन २ शनिवार

801 

shares

स्वर्णशिखा, दाङ

उचाल्न खोज्छन् पहाडललाई चरा मुसाले
छ विज्ञ चुपचाप ज्ञान बाँड्छन् यहाँ सुगाले

लगन नजुर्दै सुहागरात्रि मनाउँदै छन्
नयाँ चलन देशभित्र ल्याए नगरपिताले

कुटो कोदालो गरेर कोही छ भोकभोकै
कसैले चिउरा भिजाउँदै छन् कुरै कुराले

बनेर उम्मेदवार जल्लाद आउँदै छन्
अहो ! मुलुकको विधान लेख्ने भए खुँडाले

अगुल्टो झोस्ने उदाउँदै छन् बनेर नयक
छ माग गर्दै विचित्रको भूमिका कथाले

बहर : जमिल मुसद्दस सालिम
अर्कान : मफाइलातुन् , मफाइलातुन् , मफाइलातुन्
वजन : १२१२२ – १२१२२ – १२१२२
काफिया : आ
तहलिली रदिफ: ले

वि.सं.२०८२ फागुन २ शनिवार ०५:४७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...