back
CTIZAN AD

गजल

वि.सं.२०८२ फागुन २ शनिवार

894 

shares

डा. घनश्याम परिश्रमी

छ जाे पाप गर्दै लगाएर चन्दन
उसैकाे निकै सुन्नुपर्दै छ गन्थन

म टाढा भएमा तिमी दुख्न सक्छौ
त्यसैले दिएको छु मेरो खुसी मन

पचाएर धाेका, नमानेर चिन्ता
उज्यालो छु खाेज्दै, अँध्यारो छ जीवन

म आफैं कमाएर सन्तुष्ट हुन्छु
कसैले नदेखाउनू है प्रलोभन

न सेवा, न भक्ति, न सत्कर्म गर्छ
हुँ सज्जन म भन्दै छ पाखण्ड दुर्जन

बहर : मुतकारिब मुसम्मन सालिम
‎वजन : १२२ – १२२ – १२२ – १२२
‎अकान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
‎काफिया : अन
‎रदिफ : ०

( डा. परिश्रमी बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति हुनुहुन्छ । )

वि.सं.२०८२ फागुन २ शनिवार ०५:४६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...