चुडामणी देबकोटा
पुरानोनैकाप, काठमाण्डौ
मिल्दैन लेख्न
आफ्नै मान्छे पराई
सकिँन देख्न।१।
भोक सहन
मैले सक्दै सकिँन
रोई रहन।२।
छोडेर गयौ
आफु बसेँ पर्खेर
निस्ठुरी भयौ।३।
भोको पेटले
ठुलो पाठ सिकायो
दुष्ट भेटले।४।
रुवायौ मित्र
दिएँ ऋण खोजेर
भैयो बिचीत्र।५।
भुलेँछु मैले
के को खाएँ औषधी ?
संम्झेछु ऐले।६।
जन्मिएँ कहाँ ?
बालखमै हिंडीयो
पुगिन्छ जहाँ।७।
भोकले रुएँ
पापी पेटले गर्दा
जाउलो छुएँ।८।
पानी चलेन
दलितको घरमा
चुलो बलेन।९।
अछुत भन्यौ
पैसा धन कमायौ
सामन्ती बन्यौ।१०।
वि.सं.२०८२ फागुन २ शनिवार ०५:५२ मा प्रकाशित






























