back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ फागुन २ शनिवार

1.3K 

shares

दिलीप कुमार शर्मा कट्टेल
भद्रपुर, झापा हाल ‌: अस्ट्रेलिया

(१)
नबिगार्नू कहिल्यै मति
घैँटामा घाम लाग्दैन
ब्यहोर्नु पर्ला खती ।

(२)
नछाड्नू आफ्नोे गति
हुरी बतास आउँदा
जोगाउनू इमान जति ।

(३)
इज्जत बढाउँछ कर्मले
सुवास छरेर लोकमा
प्रतिष्ठा जोगाउनू गर्वले ।

(४)
बलिदान जाँदैन खेर
उच्च सम्मान गर्नेले
भुल्दैन कहिल्यै हेर ।

(५)
सहिदको सम्झना गरेर
श्रद्धाले आँखा भिजाई
गर्दछु नमन सम्झेर ।

(६)
लप्पनछप्पन कहिल्यै जानिनँ
अरूको कुरा सुनेर
आफ्नो उद्देश्य त्यागिनँ ।

(७)
छद्मभेषी नेता चिनेर
गर्नू आफ्नु मतदान
नपछुताउनु पछि दिएर ।

(८)
संसारमा एक्लै आएको
निश्चित छ जाने
व्यर्थै किन मताएको ?

(९)
अनेकतामा भए एकता
सद्भाव फैलिन्छ सर्वत्र
अटुट बनेर मित्रता ।

(१०)
पहिल्यै ध्यान पुगेन
सान्निध्यता प्राप्त नभई
प्रभुमा भक्ति सुझेन ।

वि.सं.२०८२ फागुन २ शनिवार ०५:५४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...