back
CTIZAN AD

कविता – अब जनताकाे अवस्था बदल्ने हाे

वि.सं.२०८२ फागुन २ शनिवार

2.1K 

shares
हिजाे व्यवस्था  सामन्ती थियोे
निरङकुश थियोे
सर्वसत्तावादी थियोे
अनिर्वाचित थियोे
राज्यकोषकाे लुट खसौटगरेको  थियोे
काेही बाेल्न पाउदैन थिए
बाेल्याे कि पाेल्याे
अराष्ट्रिय तत्व भनेर
राजगद्दीकाे विरोध गरेको भनेर
जेल, नेल, हत्कडी लाग्ने गर्दथ्याे।
यहीँ भएर जनताको वलिदानीले
त्यो सामन्ती राज फालेर
गणतन्त्र आइ छाड्यो
व्यवस्था वदलियाे
जनताका इच्छा ,आकांक्षा र आवश्यकता थिए
लाेकतन्त्र,गणतन्त्र आयाे
नयाँ संविधान आयो
नयाँ व्यवस्था वदलिए पछि
जनताको अवस्था  पुरा गर्नु पर्दथ्याे
तर व्यवस्था वदलिए पनि जनताको  अवस्था वदलिएन
किन वदलिएन?
सरकारमा गएर उही राजतन्त्रले वाेकेकाे
नवउदारवादी पूंजीवादी आर्थिक कार्यक्रम लागु भयो ,
त्यसैले जनताको अवस्था बदलिएन।
 ३
नवउदारवादले व्यापार गरेर नाफा गर भन्यो
नवउदारवादले  वस्तु आयात गरेर नाफा गर भन्याे
नवउदारवादले राेजगारीश्रृजना गर्न  हाेइन
 नाफामूलक व्यापार गर भन्याे,
नव उदारवादले उधाेग धन्दा खाेल्न दिएन,
नव उदारवादले विदेशी उधाेगका वस्तु
 आयात गरेर धान भन्यो ,
नवउदारवादले भएका उधाेग धन्दा नीजिकरण गरिदियो ,
नव उदारवादले नेताका निर्वाचन क्षेत्र  केन्द्रीत
विकास बजेट खन्याउन सिकायाे,
नवउदारवादले असन्तुलित  आर्थिक विकास गर्न सिकायाे ,
 नवउदारवादलेअनियमितता ,भ्रष्टाचार गर्न प्रेरित गर्याे,
नवउदारवादले शिक्षा ,स्वास्थ्य नीजिकरण गर्याे,
नवउदारवादले देशको लाखौंलाख  जनशक्ति
विदेशमा टण्टलापुर घाममा  राेजगारी गर्न पठायो,
नव उदारवादले जनता जनता विचमा
 हुने र नहुने आर्थिक  असमानताकाे खाडल बढायो
यस कारणले देश र जनताको अवस्था परिवर्तन भएन,
 ४
अहिले चुनाव आएको छ
सबै देश विकास गर्ने भन्दैछन।
पुरानाले केही गरेन भन्दैछन
अव नयाँ शक्तिले गर्ने भन्दैछन।
तर ति नयाँ भनिएकाहरु  संग
 मुलुककाे आर्थिक कायापलट गर्ने कार्यक्रम छैन।
त्यहीँ गरिब र बेराेजगारकाे पल्टन बढाउने
पुरानो नव उदारवादी कार्यक्रम छ।
याे कार्यक्रम थाेत्राे पुरानो भई सक्यो ।
यसले गरिबी र बेराेजगारी घटाउदैन,
यसले आर्थिक शाेषण घटाउने हाेइन झन बढाउदछ,
यसले  हिजो झै नै देशलाई अस्त व्यस्त बनाउने छ।
त्यसैले यस्ता जनतालाई झुक्याउने
नयाँ शक्ति वा हामी बदलियौ भन्नेहरु संग
जनता हाेसियार हुनुपर्छ ।
उनीहरू पुरानाे रक्सी लाई नयाँ बाेतलमा  राखेर
नयाँ रक्सी हाे भने झै नयाँ शक्ति हाै   भनेर  प्रचार गर्दै छन
यसबाट जनता हाेसियार हुनुपर्छ ।
अब जनताको अवस्थामा परिवर्तन गर्न
समाजवादी आर्थिक कार्यक्रम चाहिन्छ,
समाजवादी आर्थिक कार्यक्रमले मात्रै
देशमा गरिबी ,बेरोजगारी घटाउने छ।
 व्यापक राेजगारी विस्तार थालनी गर्ने छ,
 आय असमानता र आर्थिक शाेषण न्यून गर्नेछ,
त्यसैले निर्वाचनकाे महान अभियानमा
जनता झुक्याउनेहरु संग सावधान हुनुपर्छ ,
जनताको अवस्था वदल्ने
समाजवादी कार्यक्रम बाेकेका वामपन्थी
उम्मेदवारलाई विजयी गराउनु पर्दछ
जनताको अवस्था परिवर्तन गर्नलाई।

वि.सं.२०८२ फागुन २ शनिवार १५:२९ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...