back
CTIZAN AD

महिलाको दाबेदारः सुनसरीमा बीस उम्मेदवार

वि.सं.२०८२ फागुन १२ मंगलवार

633 

shares

धरान (सुनसरी) । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लाबाट स्वतन्त्रसहित २० जना महिला उम्मेदवार चुनावी मैदानमा छन् ।

सबै उम्मेदवार घरदैलो अभियानसँगै मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मतका लागि आफ्ना विषय प्रस्तुत गर्न व्यस्त छन् । स्थानीय आवश्यकता पहिचान गर्दै विकासका योजना अघि बढाउने प्रतिबद्धता महिला उम्मेदवारहरू गरिरहेका छन् ।

चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा राजनीतिक दलका ११ र स्वतन्त्रतर्फका ९ जना महिला प्रत्याशी छन् । मुख्य निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार सुनसरीमा राजनीतिक दल र स्वतन्त्र गरी ११० उम्मेदवारमध्ये २० जना महिला रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ र स्वतन्त्रबाट जीवनकला राईले उम्मेदवारी दिएकी छिन् ।

निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टीबाट रामकुमारी चौधरी, नेपाल मजदुर किसान पार्टीबाट गीतामाया बजिको, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ताजिना विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलसा लिम्बु तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कृष्णकुमारी दनुवारलगायतले उम्मेदवारी दिनुभएको छ। स्वतन्त्रतर्फ अञ्जनादेवी गुप्ता र रोसनी राई उम्मेदवार छिन्

त्यसैगरी, निर्वाचन क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भगवती चौधरी र नेपाल मजदुर किसान पार्टीबाट प्रकृति बासीले उम्मेदवारी दिएकी छिन् । स्वतन्त्रतर्फ कासनी थरुनी, कुमारी उराव र सुमनकुमारी चौधरी उम्मेदवार छिन् ।

निर्वाचन क्षेत्र नं ४ मा जनता समाजवादी पार्टी नेपालबाट सबिता यादव र नेपाल मजदुर किसान पार्टीबाट चञ्चला न्हिसुतुले उम्मेदवारी दिनुभएको छ भने स्वतन्त्रतर्फ पार्वती मुखिया, फुलकुमारी खान र यमुना केसी उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सुनसरीमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा महिला मतदाताहरू महिलामैत्री नीति तथा कार्यक्रम अघि सार्न सक्ने उम्मेदवारको खोजीमा छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, महिला हिंसा नियन्त्रण तथा आर्थिक सशक्तीकरणका विषयलाई प्राथमिकतामा राख्ने उम्मेदवारप्रति मतदाता आकर्षित देखिएको छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा मतदानका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ । समानुपातिक तथा प्रत्यक्षतर्फका सबै मतपत्र आइसकेका छन् । जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतदान केन्द्र निर्धारण, कर्मचारी परिचालन भएकाृ छ ।
पूर्वमन्त्री भगवती चौधरीले निर्वाचन क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट
उम्मेदवारी दिएकी छिन् । २०७० को निर्वाचनमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारलाई पराजित गरी चौधरी विजयी भएकी थिईन् । यस पटक पनि उनीहरू नै मैदानमा छिन् ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट गोमा तामाङले उम्मेदवारी दिएकी छिन् । उनले भनिन्, “नीति निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता बढाउँदै परिणाममुखी शासन प्रणाली सुदृढ गर्ने उद्देश्यले उम्मेदवारी दिएकी हुँ ।”

धरान उपमहानगरपालिका–१५ की मतदाता निर्मला राईले महिलाका समस्या बुझ्ने महिला आफूहरुलाई आवश्यक भएको बताउछिन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम छन् । जिल्लाका १२ स्थानीय तहमा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता छन् । जिल्लामा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण भएका छन् ।

वि.सं.२०८२ फागुन १२ मंगलवार १६:२२ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...