back
CTIZAN AD

मातृभाषामा कविता वाचन गरेर मनाइयो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

वि.सं.२०८२ फागुन १२ मंगलवार

702 

shares

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस –२०२६को आयोजना गरेको थियोे ।

कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी, घण्टाघर, रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषाका समूहका बाजागाजा र वेशभूषा तथा सांस्कृतिक विशेषता झल्किने झाकीसहित प्रभातफेरि तथा शोभायात्रा गरिएको थियोे ।

कार्यक्रममा थारु, नेवाः मगर, लिम्बू, थामी, धिमाल, शेर्पा, गुरुङ, छन्त्याल, सुनुवार, राई, तामाङ लगायतका आदिवासी जनजातिले आ–आफ्ना सांस्कृतिक झाकीहरू प्रस्तुत गरेका थिए ।

उक्त महोत्सवको समुद्घाट्न नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए । राइले कार्यक्रममा सम्बोधन गर्दै नेपालको मातृभाषा विभेदमा परेको भन्दै मातृभाषाको संरक्षण र संवर्धनका नाममा ओैपचारिकता मात्रै नभई सरकारले विशेष योगदान गर्नुपर्ने बताए । उनले भाषिक र सांस्कृतिक हिंसाको अन्त्यका लागि सबै जागरुक हुनुपर्ने विषयमा जोडदिदैं राईले मातृभाषाका कविताले आआफ्नो भाषालाई समृद्ध बनाउने र भाषा बचाउने बताएका थिए ।

प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले प्रतिष्ठानले सबै जातजातिका मातृभाषाको जर्गेना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा विचार, विमर्श र मातृभाषा राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको बताए । यसले समग्रमा मातृभाषाको उत्थान र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने समेत उनले बताए ।

मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०८२का संयोजक, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य मातृभाषा कोश तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान नेपाली ‘अगिब’ ले नेपालमा मातृभाषाको संरक्षण र सम्बद्र्धन गर्न आआफ्ना ठाउँबाट सबैले लामो त्याग र सङ्घर्ष गर्नुपरेको बताए ।

उनले २०७२ सालको संविधानले सबै मातृभाषालाई राष्ट्रभाषा र काठमाडौँ महानगरले नेपालभाषामा पठनपाठनको व्यवस्था मिलाएको चर्चा गर्दै मैथिली लगायतका दर्जन बढी मातृभाषामा समेत विद्यालयमा पढाइ भइरहेको चर्चा गर्दै यसले मातृभाषा बचाउन महत्त्वपूर्ण कार्य गरेको बताउँदै स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

‘मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०८२’मा ४२ वटा भाषाका प्रतिनिधिमूलक कविताहरू वाचन गरिएको थियोे ।

जसमा दिवस राई –लोहोरुङ्ग, प्रकाश याख्खा याक्खा,चम्मर राई–बाहिङ, शान्ता नाछिरिङ– नाछिरिङ,अर्जुन राई–दुङ्माली, जिडी राई–वान्तवा, रविन खालिङ राई–खालिङ, सहस्रा राई– चाम्लिङ, हिरामाया घिसिङ–तामाङ, विद्यानन्द यादव–मैथिली, नेपोलियन चेपाङ–चेपाङ, युवराज गुप्ता बैरागी–अबधी, उपेन्द्रदास उपबिण– मगही, प्रकाश कट्टारी–भोजपुरी, पवित्रा थापा मगर–मगर ढुट, दिलिप बुडा मगर–मगर खाम, सन्तोषी चौधरी–थारु, भीम कुरुम्बाङ खाम्बोङ्सा लिम्बू –लिम्बू, विवेक भट्टराई–संस्कृत, सविना महर्जन–नेपालभाषा, रेनुका कुमाल–कुमाल, देवीराम घोडासैनी देवर्षि–अछामी, सन्जाकुमारी दनुवार–दनुवार, तारादेवी सुनुवार–सुनुवार, सुरेन्द्र शाही ‘गुलाब कान्छो’– बाजुरेली, डम्बर थामी ‘अनुपम’–थामी, कर्णदयाल सोडारी–बैतडेली, वर्षा धिमाल, बिपीन शेरचन–थकाली, मीना पन्त–डोटेली, सेर्कु शेर्पा,ममता उराँव–उराँव, जयप्रकाश ताजपुरिया–ताजपुरिया, दीपक घिमिरे–नेपाली, रञ्जितकुमार राजवंशी, भोगेन्द्र विश्वकर्मा हरविश–अछामी, तेजबहादुर च्हकाली तमु–गुरुङ, शिवचन्द्र प्रसाद साह–बज्जिका, विष्णु पुख्ग्याल भनभनेली–भुजेल, रविन रेग्मी–खस, सुनिलकुमार मुडियारी– मुण्डाले आआफ्नो मातृभाषामा कवितावाचन गरेका थिए ।

मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०८२का सहभागी कवि तथा झाँकी प्रस्तोताहरूलाई प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रमको उद्घोषण प्रज्ञा–प्रतिष्ठानका प्रज्ञासभा सदस्य कृष्णराज सर्वहारीले गरेका थिए ।

संप्रेषणः प्राज्ञ चेतनाथ धमला

वि.सं.२०८२ फागुन १२ मंगलवार १६:२० मा प्रकाशित

बलेको मिठाई

बलेको मिठाई

गएको राति पनि म झसङ्ग ब्युँझिएँ । सपनामा बले आएको...

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक

चितवन। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले 'पद्मश्री साहित्य पुरस्कार–२०८३' का...

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

म चलचित्र समीक्षक होइन। कलाकार, निर्देशक, निर्माता वा चलचित्र उद्योगसँग...

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...