back
CTIZAN AD

दोहोरो अंकले बढ्यो नेप्से, १४ अर्ब बढीको कारोबार

वि.सं.२०८२ चैत १० मंगलवार

447 

shares

काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८३ अङ्कले बढेर दुई हजार ९६० दशमलव ४० को बिन्दुमा पुगेको छ ।

आज ३४१ कम्पनीको तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर एक लाख २६ हजार ९४७ पटक खरिद–बिक्री हुँदा रु १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ६७, विकास बैङ्क एक दशमलव ३८, वित्त शून्य दशमलव ५१, जलविद्युत् एक दशमलव ३२, लगानी शून्य दशमलव ११, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव २५ र व्यापार समूह नौ दशमलव १२ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । जलविद्युत् शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ४६, निर्जीवन बीमा शून्य दशमलव ३८ र अन्य समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

सलपा विकास बैङ्क लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ५६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रादी विद्युत् कम्पनी लिमिटेडको रु ६७ करोड ४३ लाख ८४ हजार ३४१ बराबरको खरिद–बिक्री भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रमोटर शेयर २० लाख २७ हजार ९९२ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०८२ चैत १० मंगलवार १५:४७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...