back
CTIZAN AD

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६को अवसरमा वित्तीय साक्षरता

वि.सं.२०८२ चैत ११ बुधवार

516 

shares

काठमाडाैँ । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमका क्रममा सहभागीहरुलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजना सम्बन्धी जानकारी प्रदान गरिएको थियो। बैंकद्वारा सञ्चालन गरिएका वित्तीय साक्षरता कार्यक्रममार्फत ४,००० भन्दा बढी सहभागीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

ग्लोबल मनी वीक २०२६ को अवसरमा बैंकले देशका विभिन्न स्थानहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी तथा जनचेतनामूलक ¥यालीहरू पनि आयोजना गरेको छ । साथै बैंकले सामाजिक सञ्जालमार्फत वित्तीय सचेतना सम्बन्धी विभिन्न जानकारीमूलक सामग्रीहरू समेत साझा गरेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

वि.सं.२०८२ चैत ११ बुधवार १३:२२ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...