back
CTIZAN AD

एन आई सी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच सहकार्य, ग्राहक र शेयर होल्डरलाई विशेष सुविधा

वि.सं.२०८२ चैत ११ बुधवार

504 

shares

काठमाडौं । एन आई सी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहक र हस्पिटलका शेयर होल्डर तथा कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराउने समझदारी भएको छ।

सम्झदारी अनुसार बैंकका ग्राहकहरूले हस्पिटलमा उपचार गर्दा १५ प्रतिशत छुट पाउनेछन्। हस्पिटलका बोर्ड सदस्य, निर्देशक, कर्मचारी र अन्य शेयर होल्डरहरूले बैंकको क्रेडिट कार्डमार्फत विशेष सुविधा प्राप्त गर्नेछन्।

ग्राहकहरूको थप सुविधा सुनिश्चित गर्न हस्पिटल परिसरमा बैंकको एटिएम सेवा पनि सञ्चालन हुनेछ।

सम्झदारीपत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार र हस्पिटलको तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गर्नुभएको छ।

बैंकले यस सहकार्यबाट ग्राहक र हस्पिटलसँग सम्बन्धित कर्मचारी तथा शेयर होल्डरहरूलाई सजिलो र परिष्कृत सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ।

वि.सं.२०८२ चैत ११ बुधवार १३:२८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...